Saturday, May 23
Shadow

समाज

सरकारले  गर्यो  एक दर्जन बढी सचिवको सरुवा

सरकारले गर्यो एक दर्जन बढी सचिवको सरुवा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई लगिएको छ ।श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सूर्यप्रसाद गौतमलाई पठाइएको छ । यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा प्रदेश–१ का प्रमुख सचिव दिनेश भट्टराईलाई लगिएको छ । यस्तै, वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छभने...
सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार, होला त टीकटक बन्द ?

ब्यानर समाचार, समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, फागुन १ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो । निर्देशिकाको मस्यौदासमेत तयार भएको छ । सरकारले निर्देशिकालाई मन्त्रिपरिषद्बाट पारित गरेर चाँडो कार्यान्वयनमा ल्याउने तयारी गरिएको जनाएको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिनै फेसबुक, युट्युब अनलाइनजस्ता माध्यमबाट सार्वजनिक गर्ने क्रम रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी भएको बताए । संसद् विघटनसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारको कामको आलोचना भइरहेको अवस्थामा निर्देशिका ल्याउन लागिएको हो । निर्देशिका ल्याउने तयारीसँगै ...
भागीरथी हत्या प्रकरणः सुराकी नजिक पुग्न प्रहरीलाई कठिन

भागीरथी हत्या प्रकरणः सुराकी नजिक पुग्न प्रहरीलाई कठिन

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ ,फागुन १ । कन्चनपुर भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ । यो अवधिमा प्रहरीले निर्मला हत्या घटनाका दोषीसम्बन्धी सुराक पत्ता लगाउन सकेको छैन । दुई वर्षअघि २०७५ साल साउन १० गते बिहीबार निर्मलाको बलात्कारपछि हत्या गरिएको अव‚थामा उखुबारीमा शव फेला परेको थिया । निर्मला हत्या घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि विशेष प्रहरी परिचालन भइरहेकै अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको छ । माघ २२ गते बिहीबार भागरथीको बलात्कारपछि हत्या गरिएको अव‚थामा जङ्गलमा शव भेटिएको होध्र यस घटनामा संलग्न व्यक्तिका सम्बन्धमा प्रहरीले कुनै सुराकसमेत फेला पार्न सकेको छैन ।...
आज २०७७ फागुन १ गते शनिबारको राशिफल

आज २०७७ फागुन १ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ । कन्या मनलाई दरिलो...
भागरथी हत्या प्रकरण:  कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

भागरथी हत्या प्रकरण: कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेललगायतबाट आफूहरु घटनाको एकदमै नजिक पुगेका हौं”, बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले भने, “विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौँ, छिट्टै दोषी सार्वजनिक हुन्छ ।” भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन । भागरथीको भजाइनल स्वाब सङ्कलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकोले रिपोर्टपछि मात्...
कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं : गृहमन्त्री

कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं : गृहमन्त्री

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ३० । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा शुक्रबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे । नेपाललाई धर्मनिरपेक्ष राज्य निर्माण गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । उनले संस्कृति र परम्पराको संरक्षणका नि...
बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३० । बलात्कार आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ गरिएको छ । पक्राउन पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् । भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए । मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सव...
४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४४ हजार नगदसहित जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको प...
एउटा छोरा बचाइ दिन अपील गर्दै तारा बुढा को परिवार

एउटा छोरा बचाइ दिन अपील गर्दै तारा बुढा को परिवार

समाज, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली, काठमाडौ, तमानखोला गा.पा.३ तमान धन गौ ज्योति माध्यमिक बिद्यालय कक्षा ९ मा अध्यनरत वर्ष १५ का तारा बुढा गत २१ गते स्कुलको छड बाट खसेर गम्भीर घाइते भएका छन । बिहान गणित विषयको ट्युसन कलास सकेर बाहिर स्कुलको छडमा घाम ताप्न निस्केका तारा बस्ने बेला खुट्टा चिप्लिएर छड बाट तल खसेको हुन सक्ने परिवारले जानकारी गराएका छन ।बिहान करिव ९:३० बजे तिर लडेको ताराको बाहिरी चोट नदेखिए पनि बेहोस रहेकोले उपचारको निमित्त स्थानीय युवाहरुको सहयोगमा बुर्तिवाङ स्वास्थ्यचौकी पुर्‍याएको थियो । टाउकोमा रगत जमेको र घाटी थिचिएर स्वासप्रस्वास मा समस्या देखिएकोले उनलाई तत्काल पोखरा लैजान नसके बचाउन गाह्रो हुने डाक्टरको सुझाव पाए पछि धन गौ ज्योति मा.वि . तमानका बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएका झक बहादुर बुढाको पहलमा प्रभु हेलिकप्टर मार्फत तारालाइ थप उपचारको निमित्त बुर्तिबाङ देखि पोखर...
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए । हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन् ...