Sunday, May 24
Shadow

समाज

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा दर्शन

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा दर्शन

मुख्य समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, फागनु २७ । शिवरात्रिका अवसरमा पशुपतिमा लाखौँ भक्तजनले दर्शन गरेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गरेका हुन् । उनीहरुले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गरे । बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको पशुपतिनाथ क्षेत्रमा भण्डारी र पुन आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।  ...
बागलुङमा जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु, ५ घाइते

बागलुङमा जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु, ५ घाइते

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
बागलुङ, फागुन २७ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ । गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप बिहीबार अपराह्न वडा नम्बर १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ । ट्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्न...
थप ९७ जनामा कोरोना पुष्टि, ६६ जना संक्रमण मुक्त, मृत्यु कति ?

थप ९७ जनामा कोरोना पुष्टि, ६६ जना संक्रमण मुक्त, मृत्यु कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन २७ । नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९७ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७५ हजार ७० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९४२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ११६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।६ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ७ हजार ९२२ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ५९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९४२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको...
पश्चिमी वायुको आंशिक प्रभाव :  पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं, फागुन २७ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू/भागहरूमा मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पश्चात पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । राती सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामन्य बदली भई बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ   यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन २७ गते (बिहिबार) दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सह...
आज महाशिवरात्रि: शिवको पूजा–आराधना गरी मनाइदै , काठमाडौंका यी १२ रुटमा गाडी चलाउन निषेध

आज महाशिवरात्रि: शिवको पूजा–आराधना गरी मनाइदै , काठमाडौंका यी १२ रुटमा गाडी चलाउन निषेध

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन २७।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।बिहीबार दिउँसो २स्५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २स्५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पू...
आज २०७७ फागुन २७ गते बिहीबारको राशिफल

आज २०७७ फागुन २७ गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्म...
सपनालाई अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे

सपनालाई अभद्र व्यवहार गर्ने विनयजंग बस्नेत ५० हजार धरौटीमा छुटे

अपराध, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, फागुन २६। बीबीसीको १०० प्रभावशाली महिलामा परेकी सपना रोका मगरलाई अभद्र ब्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत रिहा भएका छन्। २४ दिनदेखि हिरासतमा रहेका बस्नेतलाई बुधबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनसँग अभद्र व्यवहारमा १० हजार र साइवर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले माग गरेको धरौटी बुझाएर विनय बुधबार नै हिरासतमुक्त भएका छन्। विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। फागुन ४ गते प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको थियो।  ...
राष्ट्रपति समक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति समक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेश

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । नेपालको संविधान अनुसार सर्वोच्च अदालतको प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा अन्य अदालत र न्यायाधिकरणबाट भएका न्याय सम्पादन सम्बन्धी तथा न्यायपालिकाका समसामयिक समस्या, चुनौती र न्यायपालिकाले राखेका अपेक्षा प्रस्तुत गरिएको छ । प्रतिवेदनमा समग्रमा देशभरीका मुद्दा फछ्र्यौट एक लाख ९४ हजार ५४५ ९६१।२७ प्रतिशत० मुद्दा फछ्र्यौट भएको उल्लेख छ । सर्वोच्च अदालतलगायत मातहत तथा न्यायाधिकरणमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको एक लाख छ हजा...
.हत्या अभियोगमा तीन जना पक्राउ

.हत्या अभियोगमा तीन जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २६ । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ...
महाशिवरात्रिमा कोरोना प्रभाव :  घट्यो साधुसन्तको सङ्ख्या

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २६ । कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिए । विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको ...