कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्यो ९ बुँदे निर्देशन
कञ्चनपुर, ११ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा कोरोनाको भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न नौं बुँदे निर्देशन जारी गरेको छ ।
भारतका कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको गतिविधिमा कडाइ गर्न थालेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे निर्देशन जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
निर्देशनमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ । भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको ...









