कोरोना संक्रमणको जोखिम बढेसँगै देशभर उच्च सतर्कता , विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने
काठमाडौं , चैत १२ । कोरोना भाईरसको संक्रमण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ ।
ठाउँठाउँमा प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ ।
सिमा नाकामा स्वास्थ्य डेस्कलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकामा पनि अनिवार्य मास्क लगाउन प्रशाशनले निर्देशन दिएको छ । यसैगरी होली लगायतका सांस्कृतिक एवं ऐतिहासिक पर्व सार्वजनिकस्थलमा मनाउन रोक लगाईएको छ ।
बढी भिडभाड हुँदा संक्रमण तिव्र गतिमा फैलिने भएकोले यो वर्ष पनि सार्वजनिकस्थलमा होली नमनाउन प्रशाशनले आग्रह गरेको हो ।यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिने क्वारेन्टीइन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्न भनिएको छ ।
विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्न...








