एघारौं अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कृष्णनगरमा वृहत छलफल
कृष्णनगर , जेठ २० । उद्योग वाणिज्य संघ कृष्णनगरले आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन ।
कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी, जनप्रतिनिधि , समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन ।
छलफलका क्रममा अधिकांश वक्ताले नया कार्यसमिति चयन सहमति मै गर्न सुझाव दिएका थिए ।
देशको आर्थिक अवस्था स्थिर नरहेकाेले सटरभाडा समेत तिर्न नसकेकाे अवस्था देशै भरि रहेकाेले अनावश्यक खर्चबाट बच्न संघकाे कार्यसमिति चयन निर्वाचनमा जानुभन्दा भन्दा सहमति मै जांदा बेस हुने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै पुर्व सांसद शाहले व्यापारी वर्ग संघलाई राजनीतिकरण गर्नुभन्दा कृष्णनगर बजारलाई सजिव बनाउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए ।
दुई बर्ष काेराेना लक...









