‘दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा
‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सम्पन्न भएको छ। हिमालयन रिम फिल्म एक्जिबिसनको आयोजनामा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।
प्रदर्शनी काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय र पोखरास्थित पोखरा विश्वविद्यालयमा आयोजना गरिएको हो । गत बुधबार र बिहीबार त्रिभुवन विश्वविद्यालयमा, हिजो र आज पोखरा विश्वविद्यालयमा कार्यक्रम सम्पन्न भएको छ ।
यस वर्षको प्रदर्शनीमा चीनका उत्कृष्ट वुसिया (मार्शल आट्र्स) चलचित्रहरू ‘ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’, ‘लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’, ‘आई एम ह्वाट आई एम २’ र ‘द मास्टर’ प्रदर्शन गरिएका थिए। यी चलचित्रमार्फत चिनियाँ मार्शल आट्र्स संस्कृति, पूर्वीय सौन्दर्यशास्त्र र आधुनिक चलचित्र प्रविधिको सम्मिश्रण प्रस्...









