
समर्थन गुमाउँदै माओवादी, पार्टी एकता प्रक्रिया अनिश्चिच
राजेन्द्र गजुरेल/काठमाडौं- स्थानीय तहको उपनिर्वाचनको नतिजाले हौसिएको नेकपा माओवादी केन्द्र आफ्नै नेताहरुको अभिव्यक्ति र प्रचण्ड चालका कारण समर्थन गुमाउन पुगेको छ । नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टर्राइ नेतृत्वको नेसपाबिच पार्टी एकता गर्ने दाउँमा रहेको माओवादी अन्तिममा तीदलको समर्थन गुमाउन पुगेको छ ।
विप्लव नेतृत्वको नेकपासँग माओवादीको एकता प्रक्रिया अन्तिम चरणमा थियो । तर विप्लव पक्षले एकता नगर्ने निर्णय नै गरेको छ । विगत लामो समय देखि एकता प्रक्रियालाई मूर्तरुप दिन प्रयास गरे पनि अन्तिम समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति बुझेपछि विप्लव टाढिएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय कपिलबस्तुमा सम्पन्न विप्लव नेकपाको केन्द्रीय समितिको बैठकले माओवादी एकताका लागि उदासिन रहेको भन्दै तत्काल एकता नगर्ने निष्कर्षमा पुगेको छ । माओ...