Thursday, May 21
Shadow

मुख्य समाचार

देउवाद्वारा धनगढीमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग

देउवाद्वारा धनगढीमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट पक्राउ परेका युवाहरूलाई रिहाइको माग गरेका छन् । नेकपाको ओली पक्षको सुदूरपश्चिम स्तरीय आमसभामा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खैरु’ लेखिएको टिसर्ट लगाएर उपस्थित भएका युवाहरुलाई पक्राउ गरेको थियो । सभापति देउवाले धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय भएको बताएका छन् । उनले दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य, मान्यता विपरित भएको बताउदै पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले भनेका छन् - धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर...
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो , अब अर्को कहिले ?

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो , अब अर्को कहिले ?

मुख्य समाचार, राजनिती
काठमाडौँ , पुस २४ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सरिएको छ । यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने शुक्रबार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ । ५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको कदममाथि ७ पुसबाट काँग्रेसमा छलफल जारी छ । बैठकबाटै संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको काँग्रेस थप नीति आगामी बैठकबाटै तय गर्ने रणनीतिमा छ।...
काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २४ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ ।  यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको सहमति अनुरुप महानगरपालिकाले बत्ति जडानको प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए । शाक्यले महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने पनि जानकारी दिए । ‘सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने उनले बताए ।उ...
कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

मुख्य समाचार, समाचार, समाज
रवि प्रकाश कसौधन, कृष्णनगर, पुस, २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसार नाकाको अवलोकन गरेका छन् । राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायतसंग भेटघाट तथा छलफल पनि गरेका छन् । भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकारद्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणाको माग गर्दै मुख्यमंत्री पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेशद्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेशद्वार निर्माण समितिले ध्यानाकर्षण गराएको छ । उक्त छलफलमा व्यापारी लगायत अन्यले आ- आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गरा...
कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

कोरोनाबाट जोगाउनका लागि थप दुई जीवनरक्षक औषधि भेटिए

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस २४ । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधि भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधि खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एक जनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् । विशेषज्ञले यी औषधि बेलायतमा पहिलेदेखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् । बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ । बेलायत सरकारले औषधि निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थाप...
अन्तत: तयार भए सत्ता हस्तान्तरणका लागि ट्रम्प

अन्तत: तयार भए सत्ता हस्तान्तरणका लागि ट्रम्प

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले एक भिडियो सन्देशमार्फत आफू सत्ता हस्तान्तरणका लागि तयार रहेको जनाएका हुन् । अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङ)मा हिंसा भएको २४ घण्टापछि उनको धारणा आएको बिबिसीले जनाएको छ । मैले अमेरिकी संसद् (क्यापिटल बिल्डिङ)मा भएको हिंसाबाट सुरु गर्न चाहन्छु । बाँकी अमेरिकीजस्तै म पनि उक्त हिंसाबाट उत्पन्न परिस्थितिप्रति दुखी छु । त्यहाँको सुरक्षा व्यवस्था शान्त पार्नका लागि मैले तत्कालै सुरक्षा फोर्स तैनाथ गर्न निर्देशन दिएको थिएँ, उनले भनेका छन् । ट्रम्पले हिंसामा संलग्न आफ्नो देशका नागरिक हुनै नसक्ने बताउँदै जसले कानुन तोडेका छन् उनीहरू कारबाहीको भागिदार हुनुपर्ने बताए ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २४ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ । गएको २४ घण्टामा १४ हजारभन्दा बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १९ लाख ५ हजार नाघेको वल्डोमिटरले जनाएको छ । गएको २४ घण्टामा यो खबर तयार पार्दासम्म ७ लाख ९५ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमण पुष्टि हुनेको संख्या ८ करोड ४ लाख नाघेको छ । जसमध्ये ६ करोड ३५ लाख निको भएका छन् भने १९ लाख ५ हजारको मृत्यु भएको हो । अझै पनि २ करोड २९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ ।...
अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिलेसम्मकै कठोर नैतिक संकटमा पर्नेछन् किनभने उनले आफैमाथि पनि कारण देखाऊ आदेश जारी गर्नुपर्नेछ । निवेदकमध्येका एक अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गरेको निवेदनमा संवैधाकि परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य रहेका प्रधानन्यायाधीशलाई पनि विपक्षी बनाइएको छ । यस अर्थमा शुक्रबार इजलासमा पेस हुने मुद्दा प्रधानन्यायाधीश जबराविरुद्ध समेत हो । आफूविरुद्धको मुद्दा आफैले हेर्न हुँदैन भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो । त्यसैले प्रधानन्यायाधीश जबराले स्वयम् उक्त इजलासको न...
नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा

नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा

पत्रपत्रिका, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निक्र्योल निकालेको छ । चिनियाँ अधिकारीहरु झेकुन लाई, योङलिन झु र डोङ्मे हुङ विवाद मिलाउन काठमाडौं आएर कसरतमा जुटेका हुन् । उनीहरु डिसेम्बर २६ मा यहाँ आएका हुन् । अध्यागमन स्रोतका अनुसार झेकुन इसी ८००९१०४ नम्बरको पासपोर्ट, योङलिन इसी ४५११२०० नम्बरको पासपोर्ट र डोङ्मे ९९४४५१३६ नम्बरको पासपोर्टमा नेपाल आएका हुन् । उनीहरु कुटनीतिक राहदानीको सट्टा सामान्यमा आएका थिए । यसअघि आएको टोलीले पनि नेकपालाई मिल्न सुझाव दिएर फर्केको थियो । तीन सदस्यीय चिनियाँ अधिकारीहरुको टोली आएको केही सातापछि नेपालका लागि चिनियँ राजदूत होउ यान्छीले नेकपाका प्रमुख नेताहरुसँग अनौपचार...
नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपालको पासपोर्ट, सन् २०२१ मा विश्वको सबैभन्दा खराब पासपोर्टको सुचीमा १०४ औं स्थानमा परेको छ । केवल ३८ देशमा यात्रा अनुमति भएको नेपाल र लिबिया, विश्वको सबै भन्दा कमजोर पासपोर्टको सुचीमा १०४औं स्थानमा रहेका छन् । कोरोना महामारीको कारण अहिले विमानस्थलमा गएर आफ्नो इच्छा भएको र जानुपर्ने राष्ट्रमा जाने, एयरपोर्टमा वरपर हिड्ने, पासपोर्ट देखाउने र विमानमा यात्रा गर्ने सम्झना मात्र भएको छ । यसलाई ठिक हुन करिब एक दशक नै लाग्ने जस्तो देखिन्छ । विश्वका कतिपय राष्ट्रहरु अहिले पुन लकडाउनमा गएका छन् भने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । हेन्ली पासपोर्ट इन्डेक्सको अनुसार, विश्वमा सबै भन्दा धेरै यात्रा गर्न सजिलो र उत्कृष्ट पासपोर्ट जापानको रहेको छ । एशियाली मुलुकका नागरिकहरु संग यात्राको निकै शक्तिशाली कागजपत्र हुने गर्दछ । जापानलाई विश्वका कतिपय राष्ट्रहरुले निशुल्क भिसा र वि...