Thursday, May 21
Shadow

मुख्य समाचार

काठमाडौंका यी दर्जनभन्दा बढी स्थानमा आज बिजुली बन्द हुने

काठमाडौंका यी दर्जनभन्दा बढी स्थानमा आज बिजुली बन्द हुने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २५। आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा बिजुली बन्द गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्ल आपूर्ति बन्द गरिने भएको हो । ...
माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

माघको पहिलो हप्ताबाट काठमाडौंमा विद्यालय खोल्ने तयारी

मुख्य समाचार, शिक्षा, समाचार, समाज
. काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताए । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उनले जानकारी दिए ।...
कोरोनािवरूद्ध खोपका लागि नामावली संकलन शुरु

कोरोनािवरूद्ध खोपका लागि नामावली संकलन शुरु

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं , पुस २५ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीको नामावली संकलन शुरु गरेको छ । स्थानीय तहमार्फत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी , महिला, स्वयंसेविका, कर्मचारी, कार्यालय सहयोगीको नामावलीसंकलन थालिएको हो । ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाट संकलन भइरहेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।...
कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा
काठमाडौं, पुस २५ । नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन । गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो । विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम ९नयाँ वा पुरानो० टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनु परेको छ । सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो । असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थ...
ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

ट्वीटरले सँधैका लागि बन्द गरिदियो ट्रम्पको खाता

अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमडौं, पुस २५ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उहाँ समर्थक हिंस्रक भीडले आक्रमण गरेपछि फेरि रोक लगाएको थियो । बिहीबार ट्रम्पको खातामाथि लगाइएको प्रतिबन्ध केही समयका लागि खोलिएको भए पनि फेरि अमेरिकी समय शुक्रबारबाट भने सँधैका लागि बन्द गरिएको ट्वीटरले जनाएको हो । खाता बन्द गर्दै ट्वीटरले भनेको छ, ‘हालैमा उनले गरेको ट्वीटको नजिकबाट समीक्षा र हालै गराइएको घटनालाई ध्यान दिँदै हिंसा भड्काउने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टको स्थायी रुपमा बन्द गरिदिएका छौं ।’ यसअघि जनवरी ६ मा ट्रम्पको खातामा १२ घण्टाका लागि ट्वीटरले प्रतिबन्ध लगाएको थियो ।...
चित्तलको मासु काटिरहेको अवस्थामा ४ महिला पक्राउ

चित्तलको मासु काटिरहेको अवस्थामा ४ महिला पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको शिवदल गणको थुमनी सुरक्षा पोष्टबाट खटिएको टोलीले चित्तलको मासु काटिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । ४ किलो चित्तलको मासु सहित चार जना महिलाहरुलाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । पक्राउ पर्नेहरुमा वांसगढी नपा ९, थुमनी बस्ने मोनकला भण्डारी, जुन चन्द ठकुरी, जैसरा विक र सावित्रा वली रहेका छन् । उनीहरुले थुमनीस्थित घरमा मासु काटिरहेको अवस्थामा सेनाको टोलीले फेला पारेको थियो ।...
अनेरास्वबियु कैलालीका विद्यार्थी नेता शाहि भन्छन्- जनता सुर्य चिन्हमा मतदान गर्न आतुर छन्

अनेरास्वबियु कैलालीका विद्यार्थी नेता शाहि भन्छन्- जनता सुर्य चिन्हमा मतदान गर्न आतुर छन्

मुख्य समाचार, राजनिती, समाचार, समाज
खगेन्द्र अबस्थि ,कैलाली । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली अर्को नेकपाका नेता भीम रावलमाथि खनिएका छन्। प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावलका कारण प्रदेशको विकास नभएको ओलीको आरोप छ। धनगढीको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले आफु १४ वर्ष जेल बसेको विषय उल्लेख गर्दै भने, ‘अछामको एउटा केटो म जेल बसेको बेला बोटोमा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ र भेटाएर मैले राजनीतिकरण गरेको थिए। अहिले त कुराकानी सानातिना छैनन्, मान्छे भन्दा कुरा ठूला, नानी भन्दा नाना ठुलो, मान्छे भन्दा कुरा ठूला, यस प्रदेशको विकासको समस्या हुन् ती मान्छे। अब त्यो समस्या समाधान भएको छ।’ सुर्य चिन्ह कस्को भनेर अझै टुङ्गो नलागेकोले बिधार्थी नेता आक्रोशमा देखिन्छन जनताको विस्वास भरोसा भनेकै सुर्य चिन्ह भएकाले नेकपा को आन्तर...
यी युवकले गरे दुवै प्रेमिकासँग एउटै मण्डपमा एकैपटक विवाह

यी युवकले गरे दुवै प्रेमिकासँग एउटै मण्डपमा एकैपटक विवाह

अचम्मका कुरा, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २४ । भारतको छत्तीसगढमा भएको एक विवाहको चर्चा अहिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्थानीय चन्दु मौर्यले एउटै मण्डपमा, एकैपटक, दुई युवतीसँग विवाह गर्नुभएको छ । चारदिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो । मुरिया जनजातिका चन्दु भन्नुहुन्छ, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुविधा भए पनि दुवै प्रेमिका विवाहको लागि तयार भए ।’ उनकी पत्नी सुन्दरी कश्यप र हसीना बघेल पनि विवाह हुँदा एकदमै खुसी छन् । सुन्दरी भन्नुहुन्छ, ‘म उहाँलाई मन पराउँथे र उहाँसँगै जीवन बिताउन चाहान्थेँ । पछि हसीना आइन् । उनी पनि चन्दुसँगै बस्न चाहन्थिन् । मलाई त कुनै पनि समस्या छैन । पछि विवाहको कुरा भयो र हामी दुवै चन्दुको श्रीमती बन्यौं ।’ ९ कक्षा पास गरेका २४ वर्षीय चन्दु खेतीकिसानी गर्छन् । खेतीको अलावा उनी वनको काठ र दाउरा बजार लगेर बेच्ने गर्छन् । ...
लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्बसत्ताबाद कायम भयो :  कमल थापा

लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्बसत्ताबाद कायम भयो : कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले १४ बर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र, कुशासन र सर्वसत्तावाद कायम भएको बताएका छन् । चुनाब चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई आज दमौलिमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गरे । थापाले देश अभिभावक विहिन भएको , बिदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावि भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार ब्यक्त गरे । ुसम्वर्द्धनवादुको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नको निमित्त राप्रपालाई बलियो बनाउनु पर्नेमा जोड दिदै उहाँले पार्टीलाई राष्ट्रवादीरप्रजातान्त्रिक शक्ति बनाउने अभियानमा सबैको सहयोग...
बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, पुस २४ । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।...