Saturday, April 20
Shadow

कोरोना भाइरस: विश्वभर ८ करोड ८ लाखभन्दा बढी संक्रमित निको भए, मृत्यु कति ?


  • -इ
  • इ+

काठमाडौँ, फागुन १ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ८७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ८७ लाख ९ हजार ४१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ६ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ६६५ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख ४७ हजार १३६ छ । यसमध्ये ९९ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ४७९ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९२ हजार ४१९ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ३७ हजार ६०१ जना, भारतमा १ लाख ५५ हजार ५८८ जना, रूसमा ७९ हजार १९४ जना, बेलायतमा १ लाख १६ हजार २८७ जना, फ्रान्समा ८१ हजार ४४८ जना, इटालीमा ९३ हजार ४५ जनाको मृत्यु भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares