Friday, April 26
Shadow

१२ हजार नेपाली कोरिया जान पाएनन्, यस कारण रोकिए


  • -इ
  • इ+

काठमाडौं, फागुन २८ । कोरियाले कोरोना संक्रमणको कारण भन्दै नेपालबाट कोरिया जान ठिक्क परेका झन्डै १२ हजार नेपालीलाई कोरिया लान रोक लगाएको छ ।

कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकमा नेपाललाई अझै राखेका कारण ती नेपाली कोरिया जान नपाएका हुन् । ईपीएस परीक्षा उतीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट फेरि जान तयार करिब २ हजार युवा यतिखेर छटपटीमा छन् ।

कोरियाले सन् २०२० का लागि सबैभन्दा धेरै कोटा छुट्याएर १२ हजार ९ जना नेपाली कामदार लिने घोषणा गरेका थिए । तर त्यसवर्ष १ हजार २७ जनाले मात्र कोरिया उड्न पाए । कोरियाले नियमित रुपमा कामदार लिएको भए सन् २०१७, २००१८ र २०१९ मा भाषा परीक्षा उतीर्ण गरीवरी रोस्टरमा परेका १० हजार ५ सय ५ नेपालीले रोजगार पाउँथे ।

सन् २०२० का लागि अघिल्लो वर्ष लिएको परीक्षामा करिब ९२ हजार सहभागी भएकामा ६ हजार ७ सय र कृषि तथा पशुपालनतर्फ २ हजार जना थिए । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जारी गर्नुभन्दा एक महिनाअघि गत वर्ष फागुन २१ देखि नै नेपालले एकतर्फी रुपमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको थियो ।

त्यतिबेला कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिएको थियो । नेपालमा कोरोना भाइरस देखिन थालेपछि कोरियाले सेप्टेम्बरदेखि नेपाललाई अति संवेदनील मुलुकको सूचीमा राखेको छ । त्यो अर्झ हटाएको छैन् । कोरियाले रोस्टरको म्याद नथपे छानिएकामध्ये अधिकांशले उड्न पाउँदैनन् । कोरियाको मानव संशाधन अनुसार भाषा परीक्षामा उतीर्ण भएर मात्रै कोरिया जाने सुनिश्चित हुँदैन् ।

‘खाडीका मुख्य गन्तव्य देशले नेपालबाट कामदार लगेकै छन् । कोरियाले पनि अन्य मुलुकबाट कामदार लगेको छ । नेपालले उच्च कुटनैतिक पहल नगर्दा रोजगार अनिश्चित भएको’ कोरिया जान नपाएका कामदारहरुको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले भने । कान्तिपुर दैनिकबाट

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares