Tuesday, May 26
Shadow

मुख्य समाचार

कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर, १३ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ मा नदी कटानले ३ गाउँ उच्च जोखिममा परेका छन् । चरगंहवा नदीको कटानले भदुई, मानपुर र हथियागढ गाउँ जोखिममा परेका हुन् । चरगंहवा नदीको पानीको धार गाउँतर्फ फेरिएर बग्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका छन् । वर्षायाममा नदीमा आएको बाढीले वर्षेनी सो गाउँतर्फ नदीले कटान गर्दै आएपछि तीनै गाउँका बसिन्दाले गाउँ नै बाढीले बगाएर लैजाने डर, त्रासमा बस्न परेको स्थानीय शिवदास चौधरीले बताए । चरगंहवा नदीको कटानले गाउँदेखि ३ सय मिटर भन्दा नजिकै नदीको धार आइसकेको उनले बताए । उनले भने “अब समयमै तटबन्ध र नदीको धार फेरिने काम भएन भने बाढीले पुरै गाउँ नै बगाउँछ । नदीको कटान नियन्त्रण गर्न सरकारले छिटै ध्यान पुर्याउन जरुरी छ । समयमै नियन्त्रणको काम नभए गाउँ नै विस्थापित हुने अवस्थामा रहेको छ” । यस क्षेत्रबाट निर्वाचित स्थानीय, संघ र प्रदेशका जनप्रतिनिधि लगा...
मुस्लिम महिला हरू द्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

मुस्लिम महिला हरू द्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, साउन १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको आईशा सिद्धकी गर्लस कालेजको मदरसाको रूपन्देही जिल्लाको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण गरिएको छ । सो मदरसामा रहेको छात्रावास, सिलाई कटाई कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा, नुमाइश कक्ष लगायतको अवलोकन गरिएको छ। सो अवलोकन भ्रमणका क्रमममा एक कार्यक्रम गरि सो मदरसाले आएका सम्पूर्ण लाई सम्मान कार्यक्रम राखेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अकिल मियाले सियारी गाँउपालिकाले मुस्लिम महिला हरू लाई गराएको अवलोकन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै सबै व्यक्तिको शिक्षामा पहुच पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खांले मुस्लिम धर्ममा शिक्षा लाई अनिवार्य तथा निशुल्क गरेको भए पनि हालको स्थितमा मुस्लिम हरूको शिक्ष...
कुञ्चिप्वाकल माविले SEE २०८० बिदाइ कार्यक्रम सम्पन्न गरेकाे छ

कुञ्चिप्वाकल माविले SEE २०८० बिदाइ कार्यक्रम सम्पन्न गरेकाे छ

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिकाकाे वडा नं १ मा रहेकाे कुञ्चिप्वाकल माविले आफ्ना २०८० का SEE मा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरेकाे छ । सतप्रतिशत नतिजा हाँसिल गर्न सफल उक्त विद्यालय तारकेश्वरकाे सतप्रतिशत नतिजा लेराउने एक मात्रै सामुदायिक विद्यालय हाे । उक्त कार्यक्रमका सभापति एवं वडाध्यक्ष बिदुर सापकाेटाले उत्तीर्ण विद्यार्थी तथा अध्यापन गराउने शिक्षकहरुलाई सम्मान गर्नु भएकाे थियाे । उक्त अवसरमा स्थायी नियुक्ति लिएर गाेरखा सरुवा हुनुभएका शिक्षक खेमराज उपाध्यायलाई बिदाइ र सम्मान गरिएकाे थियाे ।...
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मुख्य समाचार, मौसम
काठमाडौँ- हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपन...
रसुवा भन्सार कार्यालयद्वारा ११ महिनामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली

रसुवा भन्सार कार्यालयद्वारा ११ महिनामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली

आर्थिक, मुख्य समाचार
रसुवा- रसुवा भन्सार कार्यालयले यस अर्थिक बर्षको एघार महिनामा लक्ष्यको एकानब्बे प्रतिशत राजश्व असुली गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको एघार महिना सम्ममा राजश्व अशुलीमा उल्लेख्य सुधार भएकोे जनाएको छ । आर्थिक बर्ष ०७९।०८० मा लक्ष्यको ७७‍.२९ प्रतिशत मात्र असुली भएकोमा यस आर्थिक बर्षमा भने लक्ष्यको ९१‍‍‍‍.३१ प्रतिशत भएको छ । बिभागले दिएको साबिकको लक्ष्य ११अर्ब ९४ करोड रहेकोमा पछि सम्सोधित लक्ष्य भने करिब २१ अर्ब रहेको छ । जसमा कार्यालयले १९ अर्ब १७ करोड राजश्व असुल गरिसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक बर्षमा ब्यबसायीहरुले मुल्य अभिबृद्धी कर,माल बस्तुको स्पस्ट घोषणा नभएको,कम परिणम घोषणा भएको,उत्पतिमुलक फरक घोषणा गरिएको, एच एस कोड परिवर्तनलगायतबाट ५८ करोड जरिवाना गरिएको ...
मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, अषाढ ३ कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ। वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा तथा विभिन्न वार्डका जन प्रतिनिधि, नागरिक अभियंता , तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग नियंत्रणका लगी जीवन शैली प्ररिवर्तन लगायतका प्रशिक्षण लुंबिनी आयुर्वेदका चिकित्सक डॉ प्रवेश श्रीवास्तव , कपिल वस्तु आयुर्वेद का प्रमुख डॉ नलिन नाथ तिवारी, डॉ आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्र का कबीराज डॉ नागेश्वर मिश्र लगायतले मनोरोग लगायत दीर्घ कालीन न सर्ने रोगको अवस्था नियंत्रणको उपाय स्वस्थ जीवन शैली दिनचर्या तथा योग ध्यान सत्कर्म संत...
कृष्णनगरमा  सुरक्षा निकाय, प्रशासन संग क्वारेन्टाईन समन्वय बैठक सम्पन्न 

कृष्णनगरमा  सुरक्षा निकाय, प्रशासन संग क्वारेन्टाईन समन्वय बैठक सम्पन्न 

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, जेष्ठ २८ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय, पत्रकार, प्रशासन, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि समन्वय बैठक सम्पन्न भएको छ। पशु पंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना, दण्ड जरिवाना र सजायको व्यवस्था, पशु ढुवानी मापदंड, क्वारेन्टाइनको  महत्व लगायतका विषयमा सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भैरहवा बाट आएका  डा. भक्त गैरेले गरेका थिए। कार्यक्रममा सहभागी हरूले स्थानीय स्तर बाट समेत सुझाव संकल्न गरेर नियमहरु बनाउनु पर्ने, अन्य देशबाट पशु तथा पशु जन्य पदार्थ ल्याउदा भन्सारको राजस्व कम हुनुपर्ने, पशु तथा पशु जन्य पदार्थको तस्करी रोक्न जनचेतना फैलाउने जस्ता महत...
बजेटले उपभोक्ताको हितलाई वेवास्ता गरेको भन्दै कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आपत्ति

बजेटले उपभोक्ताको हितलाई वेवास्ता गरेको भन्दै कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आपत्ति

मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाल सरकारले जेठ १५ गते प्रस्तुत गरेको आ.ब.२०८१/०८२ को बजेटमा उपभोक्ताको हितलाई वेवास्ता गरेको भन्दै नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आपत्ति जनाएको छ । शुक्रवार कांग्रेस केन्द्रीय सदस्य तथा विभागका प्रमुख गुरु बरालले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका छन् । विज्ञप्तीमा भनिएको छ, प्रस्तुत वजेटलाई अध्ययन गर्दा जति वाहिरी रुपमा आकर्षित देखिन्छ त्यति नै यसको सार अत्यन्त विरोधाभाषपूर्ण रहेको पाइयो । लोक कल्याणकारी समाजवाद उन्मुख संविधानको मर्म र आम नागरिकको खाद्य माथिको सहज पहुंचको हक अधिकार माथि नै कुण्ठित हुने गरी दैनिक उपभोग्य वस्तुहरुमा लगाइएको भन्सार महसुल दर र अग्रिम आयकर लिने व्यवस्था तत्काल खारेज गर्नको लागि नेपाली कांग्रेस, केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभाग नेपाल सरकारसंग मांग गर्दछ । पुरा विज्ञप्ती संघीय संसदको संयुक्त बैठकमा नेपाल सरकारको तर...
विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर – ४ मा परिवर्तन अभियान नेपालले सरसफाइ कार्यक्रम गर्‍यो

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर – ४ मा परिवर्तन अभियान नेपालले सरसफाइ कार्यक्रम गर्‍यो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियोे । अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर  ५ को नागार्जुन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिए । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, सविन तामाङ, बासुदेव लामा, इन्द्रमान महर्जन , सानुकाजी प्रजापति, स्याम ढुगना , तार्केस्बर ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँल, नागार्जुन १ का अध्यक्ष रामेश्वर लामा लगायत सामाजिक अगुवाको सहभा...
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी

काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी

टिप्स, मुख्य समाचार
काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका नागरिकले  ७  दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ । ...