Sunday, May 24
Shadow

मुख्य समाचार

आजको मौसमः मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

आजको मौसमः मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौँ, चैत १२ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू(भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशको पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।...
आज २०७७ चैत्र १२ गते बिहीबारको राशिफल

आज २०७७ चैत्र १२ गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्म...
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
भरतपुर , चैत ११ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४:२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । दुबैको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा र तन...
काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए हुनेछ यस्तो सजाय

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए हुनेछ यस्तो सजाय

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , चैत ११ । काठमाडौंमा मास्क प्रयोग अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले बुधवार एक विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो । प्रशासनले मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने स्पष्ट पारेको छ । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।...
अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ:  प्रधानमन्त्री ओली

अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ: प्रधानमन्त्री ओली

मुख्य समाचार, समाज
काठमाडौँ, चैत ११ । प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको चार दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने जानकारी दिएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत बताए । ‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’ उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार विकास निर्माणका काममा तीव्र रुपमा लागि परेको जानकारी दिए । उनले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने ...
पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ :  प्रचण्ड

पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा छलफल भइरहेको छ : प्रचण्ड

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ११ ।”नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन् । “पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ”, अध्यक्ष दाहालले भने । उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मक रुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए । अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्ट...
एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको भन्दै पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको भन्दै पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

मुख्य समाचार
काठमाण्डौँ, चैत्र ११ नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । आज बुधवार कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको प्रति आपत्ति जनाउँदै तालाबन्दी गरिएको हो । सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरेका हुन् । दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको र आफूहरुले सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा एकलौटी रुपमा सिफारिस गरी आफुहरुले दिएको निवेदनको कुनैपनि सुनुवाई नगरिएकाले यसका विरुद्ध तालाबन्दी गर्न बाध्य भएको प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विकले बताए । साथै द...
होली लगायतका चाडपर्व मनाउन रोक

होली लगायतका चाडपर्व मनाउन रोक

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाज
काठमाण्डौँ, चैत्र ११ भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रिलगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । “विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा भिडभाड हुने सभा–सम्मेलन, भेला, चाडपर्वलगायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,” सूचनामा भनिएको छ । यो आदेशको उल्लंघन गर्नेलाई डीडीएमए ऐन, २००५ को दफा ५१ देखि ६० अनुसार कारबाही हुने सूचनामा उल्लेख गरिएको जनाइएको छ । मंगलबार दिल्लीमा एक हजार १०० संक्रमित थपिएसँगै डीडीएमएले यस्तो आदेश जारी गरेको हो ।...
सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु

सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , चैत ११ । म्यान्मारमा सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु भएको छ । फेब्रुअरी १ को सैनिक कूु पछि भएका प्रदर्शनहरुमा मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । उनलाई मण्डाले शहरमा घरमै रहेको बेला गोलि लागेको उनका परिवारका सदस्यहरुले बताएको बिबिसीले उल्लेख गरेको छ । सेभ द चिल्ड्रेनले म्यान्मारमा अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भएको बताएको छ । म्यान्मारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यान्मारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समुहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ । सेनाले भने सरकारको विरुद्धमा भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताएको छ । स्थानीय मिडियाले भने सेनाले बालिकाको पितालाई गोलि हान्दा उनलाई लागेको उल्लेख गरेका छन् । बालिकाको नाम खिन माओ चिट रहेको बताइएको छ । बालिकाका १९ बर्षिय ...
कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

कञ्चनपुरमा कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले जारी गर्‍यो ९ बुँदे निर्देशन

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, ११ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा कोरोनाको भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले विभिन्न नौं बुँदे निर्देशन जारी गरेको छ । भारतका कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकको गतिविधिमा कडाइ गर्न थालेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे निर्देशन जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । निर्देशनमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ । भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको ...