Tuesday, March 19
Shadow

सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु


  • -इ
  • इ+

काठमाडौँ , चैत ११ । म्यान्मारमा सैनिकको गोली लागेर ७ बर्षिय बालिकाको मृत्यु भएको छ ।

फेब्रुअरी १ को सैनिक कूु पछि भएका प्रदर्शनहरुमा मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । उनलाई मण्डाले शहरमा घरमै रहेको बेला गोलि लागेको उनका परिवारका सदस्यहरुले बताएको बिबिसीले उल्लेख गरेको छ ।

सेभ द चिल्ड्रेनले म्यान्मारमा अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भएको बताएको छ । म्यान्मारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यान्मारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समुहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ ।

सेनाले भने सरकारको विरुद्धमा भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताएको छ ।

स्थानीय मिडियाले भने सेनाले बालिकाको पितालाई गोलि हान्दा उनलाई लागेको उल्लेख गरेका छन् । बालिकाको नाम खिन माओ चिट रहेको बताइएको छ । बालिकाका १९ बर्षिय दाजुलाई पनि सेनाले हिरासतमा लिएको उनको परिवारले जनाएको छ ।

यसअघि एक दिनअघि मात्र म्यान्मारमा १४ बर्षिय बालकको गोलि लागेर मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares