Monday, May 25
Shadow

मुख्य समाचार

अध्यादेश !! आमनिर्वाचनमा बहुमत प्राप्त गर्न नकसेपछि पाँचदलीय गठबन्धनको बहुमत जुटाउने उद्देश्य

अध्यादेश !! आमनिर्वाचनमा बहुमत प्राप्त गर्न नकसेपछि पाँचदलीय गठबन्धनको बहुमत जुटाउने उद्देश्य

Uncategorized, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ — मन्त्रिपरिषद्ले ‘राजनीतिक पृष्ठभूमि’ जोडिएका मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन सकिने व्यवस्थासहितको अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । निर्वाचन सकिएर नयाँ जनादेश प्राप्त सरकार गठन नहुँदै शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले मधेस आन्दोलन, टीकापुर घटना, नेत्रविक्रम चन्द समूह र सीके राउत समूहका नेता/कार्यकर्ताविरुद्ध विचाराधिन मुद्दा फिर्ता लिने तयारी गरेको हो । आमनिर्वाचनमा बहुमत प्राप्त गर्न नकसेको पाँचदलीय गठबन्धनले बहुमत जुटाउने उद्देश्यले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको हो । तर यही सरकारले टिकापुर तथा मधेस आन्दोलनका क्रममा आन्दोलनकारी तथा राज्यपक्षबाट भएका घटनाको सत्यतथ्य पत्ता लगाउन सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । सरकारले टिकापुर घटनासहित समग्र मधेस आन...
मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै

ब्यानर समाचार 2, मुख्य समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो । यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उहाँले बताउनुभयो । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो । असारदेखि सुरुङ ...
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

आर्थिक, ब्यानर समाचार 2, मुख्य समाचार
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।...
रवि लामिछाने को तर्क नागरिकता त्यागेकै छैन । कति सत्य ! कति झुठ !

रवि लामिछाने को तर्क नागरिकता त्यागेकै छैन । कति सत्य ! कति झुठ !

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरण पत्रमा उल्लेखित विवरणले उनले प्रयोग गरिरहेको नागरिकता अवैध देखाएको छ। नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै परेको उजुरीबारे निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा उनले आयोगमा स्पष्टीकरण पत्र बुझाएका थिए। पत्रमा उनले आफू अमेरिकी नागरिक भएपछि नेपाली नागरिकता त्याग्न निवेदनै नदिएको अनि नेपाल सरकारले पनि आफ्नो नागरिकता रद्द गर्ने निर्णय नगरेकाले आफू नेपाल फर्कँदा नेपाली नागरिकै रहेकाले नागरिकता पुन प्राप्ति सम्बन्धी प्रक्रियामा जानै नपर्ने तर्क गरेका छन्। यसले उनले अमेरिकी नागरिकको कानुनी अधिकार त्यागेपछि नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिकामा उल्लेख गरिएको प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय...
निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता पुनः पुष्टि

निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता पुनः पुष्टि

निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ । “निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ”, शीर्ष नेताहरूद्वारा ...
एमाले उम्मेदवारको घरमा पसेर १५ जनाको समूहद्वारा परीवारका सबै सदस्यमाथि खुकुरी प्रहार

एमाले उम्मेदवारको घरमा पसेर १५ जनाको समूहद्वारा परीवारका सबै सदस्यमाथि खुकुरी प्रहार

Uncategorized, निर्वाचन विशेष, ब्यानर समाचार 2, मुख्य समाचार
कैलाली जिल्लाको गोदावरी नगरपालिका ६ बडेहा भन्ने स्थानमा एमालेका वडाध्यक्षका उम्मेदवारसहित उनका सबै परीवार सदस्यमाथि खुकुरी प्रहार भएको छ । कैलालीको गोदावरी नगरपालिका – ६ अध्यक्षका लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवार उम्मेदवार जग्गु चौधरीले आफूसहित ५ परीवार सदस्यमाथि खुकुरी प्रहार भएको जनाएका छन् । बुधबार साँझ खना खाएर बसिरहेको अवस्थामा १५ जनाको समूहमा आएका नेपाली काँग्रेसका कार्यकर्ताले एक्कासी सबै परीवारका सदस्यहरुमाथि खुकुरी प्रहार गरेको नेकपा एमाले कैलालीले जनाएको छ । उनीहरु बसिरहेको अवस्थामा घरभित्रै पसेर आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार स्वयम चौधरीले समेत बताएका छन् । खुकरी प्रहारबाट वडाध्यक्षका उम्मेदवार चौधरी जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् । उनीहरुको हाल अत्तर...
काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

काठमाडौँको पैयाटारमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाडौँ- जुवा खेलेको आरोपमा काठमाडौँको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसीको घरबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।...
प्रधानमन्त्रीको गृह जिल्लामा काँग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

प्रधानमन्त्रीको गृह जिल्लामा काँग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

निर्वाचन विशेष, ब्यानर समाचार, मुख्य समाचार, राजनिती
धनगढी- प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । भागेश्वर गाउँपालिका–५ को नेपाली काँग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ । वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जङ्गबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ...

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो

Uncategorized, दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ:  गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको  जानकारी प्राप्त भएको छ ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताउनुभयो । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको पनि उहाँले जानकारी दिनुभयो । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनु...
सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

सेनाको हेलिकप्टर आक्रमणमा १३ जनाको मृत्यु १७ घाइते

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको  थियो । गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाएको बताइएको छ । टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो। दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्याएर गाडेको बताइएको छ । सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी आक्रमणको निशाना बनाएको छ । ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाच...