Thursday, April 25
Shadow

प्रधानमन्त्रीको गृह जिल्लामा काँग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !


  • -इ
  • इ+

धनगढी- प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ ।

भागेश्वर गाउँपालिका–५ को नेपाली काँग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जङ्गबहादुर थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares