Friday, March 29
Shadow

विप्लवसँग अनौपचारिक वार्ता सुरुः नेता भेट्न मन्त्री नै पुगे कारागार


  • -इ
  • इ+

काठमाडौं, माघ २१ । सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा वार्ताको सुरुवात गरेको छ ।

खानेपानीमन्त्री मणि थापाले मंगलबार नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् ।

सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’ सँग करिब ३० मिनेट कुराकानी गरेका थिए ।

मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए ।

‘उहाँ र म घनिष्ट मित्र हौँ, काठमाडौँ बसाइँका क्रममा र पढाइका क्रममा धेरै निकट भयौँ । जनयुद्ध लड्दा पनि हामी सँगै भयौँ । अहिले उहाँको स्वास्थ्यमा समस्या भएको भन्ने सुनेको र अनुगमनका लागि कारागार पुगेको बेला भेट भएको हो,’ मन्त्री थापाले भने ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares