Friday, April 26
Shadow

प्रचण्ड–माधव पक्षद्वारा नेकपाको आधिकारिकता दाबि


  • -इ
  • इ+

काठमाडौँ , माघ २० । नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् । साथै अब सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई पक्ष मध्ये कुन पक्ष आधिकारिक हो भन्ने विषय एक कदम अगाडी बढेको छ ।

नेकपाको प्रचण्ड९नेपाल पक्षले आफु पक्षका २७५ केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आफ्नो आधिकारिकता निर्वाचन आयोगमा दाबी गरेपछि अब नियम अनुसार यो प्रक्रिया अगाडी बढ्ने देखिएको छ ।

एक पक्षको दाबिपछि आयोगलाई राजनीतिक दलसम्बन्धि ऐन अनुसार नेकपाको आधिकारिकता टुंगाउन सजिलो हुने भएको हो ।

प्रचण्ड पक्षले आयोगले यस अघि मान्यता दिएका ४४१ मध्ये २७५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएपछि उनीहरुको पक्षमा ६२।३५ प्रतिशत केन्द्रीय सदस्य देखिएका हुन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा नियम अनुसार पार्टी फुटाउन आवश्यक ४० प्रतिशत केन्द्रीय कमिटी सदस्य पनि नरहेको देखिएको छ ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गर्‍यो । तर आयोगले ११ माघमा दुबै पक्षको दाबी मानेन ।

त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् । उनीहरुका अनुसार आयोगले माघ १२ मा जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बसेको नेता राजेन्द्र पाण्डेले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares