Tuesday, April 23
Shadow

महामारीमा वैदेशिक रोजगार : ६२ हजारभन्दा बढी नेपाली पुगे ९७ मुलुकमा


  • -इ
  • इ+

काठमाडौं, माघ २१ । कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए।

विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ हजार ९ सय ६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा १२ हजार ४ सय ३१ पुनः र ४ हजार ३ सय ७७ नयाँ गरी १६ हजार ८ सय ८, कात्तिकमा ७ हजार ७ सय ९७ पुनः र १ हजार ५ सय ८३ नयाँ गरी ९ हजार ३ सय ८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५ सय ४२ नयाँ गरी ९ हजार ६ सय ३९, भदौमा करिब दुई हजार, साउनमा तीन हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्। बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा भारतबाट पाँच लाखभन्दा बढी स्वदेश फर्किएका छन्। तर स्वदेश फर्किए पनि दैनिक जीवनयापन गर्न गाह्रो भएपछि सोही रोजगारीमा जानेको संख्या अधिक छ

। खाडी तथा मलेसियाबाट फर्केकाहरू केही अल्पकालीन रोजगारीका लागि भारत पुगेका छन्। आजको अन्नपूर्ण पोष्ट पत्र दैनिकमा समाचार छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares