Thursday, May 21
Shadow

ब्यानर समाचार

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । ओली पक्षको स्थायी कमिटीको बुधबार बसेको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।प्रवक्ता ज्ञवालीले समग्र राजनीतिको छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउने निर्णय भएको जानकारी दिए । त्यस्तै ओली पक्षले यस अघि नै तय गरेका कार्यक्रमहरु स्वरूप परिवर्तन गरेर निरन्तरता दिने भएको उनले बताए ।साथै सरकारले सर्वोच्चले दिएको समय भित्र नै संसदको बैठक आव्हान हुने बताउदै आफुहरु उनले अबको राजनीति कसरी अगाडी बढ्छ भन्ने विश्लेषण गरिएको जानकारी दिए । प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले दलहरुसँग अहिले आफुहरु पनि छलफलमा रहेको बताउदै मुलुकल...
शुक्रबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

शुक्रबारसम्म मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागुन १२ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार र शुक्रबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन १२ गते (बुधबार) दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली ...
फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो !

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो !

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्मा उनीहरुले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् । निर्वाचन आयोगले दुबै समूहलाई हालसम्म आधिकारिकता नदिएकाले कानुनी रुपमा नेकपाको हैसियत एउटै छ । त्यसैले अब प्रतिनिधिसभामा नेकपाको हैसियत के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । कसरी अघि बढ्ने भन्नेमा दुबै समूहका केही नेताहरुले मंगलबारै अनौपचारिक छलफल थालिसकेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुस ५ अघि फर्केपनि पार्टी धेरै अघि बढिसकेको भन्दै तत्काल एकीकरणको सम्भावना नरहेको बताए । प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिने दबाब परेको छ । ओली पक्षका नेताले फैस...
प्रतिनिधि सभा पुनर्स्थापना : कसरी बढ्छ अबको प्रक्रिया ?

प्रतिनिधि सभा पुनर्स्थापना : कसरी बढ्छ अबको प्रक्रिया ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन् भन्ने आशंका समेत चिर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको छ । अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै आएका प्रधानमन्त्रीले सोही अनुसार मन्त्रिपरिषद् राखेर संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति संसद् बैठक बोलाउनै पर्ने अदालतको बाध्यकारी आदेश छ । तर त्यसपछिको प्रक्रिया कसरी अघि बढ्छ रु संविधानसभाबाट जारी भएको नयाँ संविधानमा त्यसको स्पष्ट व्यवस्था छैन । ओलीले पदबाट राजीनामा गरेमा संविधानको धारा ७६ अन्तर्गत नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ । अहिले पनि सत्तारुढ नेकपा एउटै राजनीतिक दल भएकाले नयाँ संसदीय...
संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा:  सर्वोच्चको फैसलाप्रति कसले के भने ?

संसद पुनःस्थापनासँगै विभिन्न नेताहरुले गरे खुलेर प्रशंसा: सर्वोच्चको फैसलाप्रति कसले के भने ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको छ । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ । संसद पुनःस्थापनासँगै विभिन्न क्षेत्र, निकाय तथा व्यक्तित्वहरुले विभिन्न कोणबाट आफ्ना धारणाहरु व्यक्त गरिरहेका छन् ।प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर प्रशंसा गरेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिदै अध्यक्ष नेपालले संवि...
सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

सर्वोच्चको फैसलापछि ओलीलाई प्रचण्डले भने- थोरै मात्र नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलापछि चितवनमा खुशीयाली मनाउदै प्रचण्डले ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका हुन् । उनले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै भने, ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्, नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ । साथै प्रचण्डले सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा आउन अपिल गरेका छन् । प्रचण्डले सर्वोच्चले ऐतिहासिक फैसला गरेको भन्दै देशभरका कार्यकर्तालाई आआफ्नै किसिमले विजय जुलुस मनाउन आग्रह गरका छन् ।...
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरुले सम्मानित अदालतले स्वागत योग्य निर्णय गरेको बताउँदै जनताको जित भएको जनाउँदै नाराबाजी समेत गरेका छन् ।...
सरकारको निर्णय बदर, सर्वोच्चले गर्‍यो संसद पुनःस्थापना गर्ने फैसला

सरकारको निर्णय बदर, सर्वोच्चले गर्‍यो संसद पुनःस्थापना गर्ने फैसला

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ११ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतले संसद पुनःस्थाना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वेशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेका थिए । सर्वोच्च अदाललते फैसला भएको १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।...
अघि बढ्यो चुनावको तयारी, चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता भने कायमै

अघि बढ्यो चुनावको तयारी, चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता भने कायमै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । निर्वाचन आयोगले चुनावका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । राजनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला आयोगले ७ दिने सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो । सार्वजनिक खरिद ऐन २०६४ र नियमावलीअनुसार नियमित प्रक्रियाबाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न सम्भव नहुने भएकाले फास्टट्रकबाट सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार चुनावका लागि मतदान केन्द्रमा चाहिने सामाग्रीलाई ११ समूहमा विभाजन गरिएको छ । सरकारले तोकेको मितिमा निर्वाचन गराउनु आयोगको दायित्व भएकाले सामाग्री खरिद प्रक्रिया अगाडि बढाएको प्रवक्ता श्रेष्ठले बताए । ‘अब अदालतको निर्णय पर्खिदा हामी तोकिएकै समयमा निर्वाचन गराउन सक्दैनौं,’ उनले भने, ‘सामाग्री मतदान स्थलसम्म...
सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ११ । सम्भावित राजनीतिक दृश्यलाई नियाल्दै नेकपाका दुवै समूहले यतिबेला कांग्रेसको भूमिका निर्णायक हुने दुवै पक्षको ठम्याइ छ । कांग्रेसले अहिले निर्वाह गरेको भूमिकाले पनि नेकपाका दुवै पक्षलाई इन्गेज गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सभापति शेरबहादुर देउवाप्रति पूर्ण भरोसा छ । नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले लिँदै आएको अडानले नेतृत्वलाई ओलीतिर जान रोक्न सक्ने विश्वास छ । देउवा निर्वाचनको पक्षमा खुलेर लागेका छन् तर पौडेल, सिटौलासहितका नेताहरु प्रतिनिधिसभा पुनस्थापनाको अडानमा छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पुनः स्थापना वा निर्वाचन भन्नेमा कांग्रेसमा एउटै दृष्टिकोण छैन । जसले नेकपाका दुवै समूहलाई कांग्रेस आफूतिरै भएको अनुभूति दिइरहेको छ । कांग...