Thursday, May 21
Shadow

ब्यानर समाचार

चिकित्सकद्वारा आन्दोलनको चेतावनी, जोखिम भत्ता नपाएको गुनासो , अविलम्ब उपलब्ध गराउन माग

चिकित्सकद्वारा आन्दोलनको चेतावनी, जोखिम भत्ता नपाएको गुनासो , अविलम्ब उपलब्ध गराउन माग

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ, फागुन १३ । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोरोना महामारीमा अग्रपंतिमा रहेर खटिदाको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन माग गरेका छन् । नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी एक वर्षदेखिको कोभिड भत्ता तत्काल उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’ काम गर्ने बेला अग्रपंतिमा खटाउने तर नियमानुसार प्राप्त गर्नुपर्ने जोखिम भत्ताको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मौखिक आश्वासन मात्रै प्राप्त हुनुले यो विषयलाई गम्भीरताको साथ नलिएको भान आफूहरूलाई भएको आवासिय चिकित्सकहरुले बताएका छन् । आफूहरुको माग सुनुवाइ नभएमा कडा आन्दोलनमा उत्रन बाध्य ...
काँग्रेसले भन्यो – कानुनी रुपमा नेकपा विभाजित नभएसम्म सरकार बारे निर्णय गर्दैनौं

काँग्रेसले भन्यो – कानुनी रुपमा नेकपा विभाजित नभएसम्म सरकार बारे निर्णय गर्दैनौं

ब्यानर समाचार, राजनिती
काठमाडौँ । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कानुनी रुपमा विभाजित नभएसम्म नयाँ सरकारको समिकरणका बारेमा निर्णय नगर्ने भएको छ । सर्वोच्चको फैसलापछि विहिबार काँग्रेसका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेकपा कानुनी रुपमा विभाजित अहिले पनि नभएकाले नयाँ सरकारको निर्माण बारे छलफल गर्न हतार गर्न नहुने निष्कर्ष निकालेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको कुरा क्लियर भएपछि काँग्रेसले निर्णय लिने प्रतिक्रिया दिए । अहिले नेकपा बिभाजन भएको हो वा होइन भन्ने नै स्पष्ट नभएको पौडेलले टिप्पणी गरे । यसअघि काँग्रेस सभापति देउवालाई बुधबार नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपालले उनकै निवासमा भेट गरेर विकसित परिस्थितिमा सहकार्यको प्रस्ताव गरिसकेका छन् ।  ...
प्रचण्ड र गौतमबीच भेटवार्ता , एक घण्टा के भयो छलफल ?

प्रचण्ड र गौतमबीच भेटवार्ता , एक घण्टा के भयो छलफल ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।भेटमा के विषयमा कुराकानी भयो भन्ने केही खुलाइएको छैन । सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू भएका छन् । तर, अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् । सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल-नेपाल समूहलाई सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम विहान ७ बजे खुमलटार पुगेका थिए ।  ...
आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसद्मा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बुधबार काठमाडौंमा नेकपा दाहाल–नेपाल र नेकपा ओली समूहको छुट्टाछुटै स्थायी कमिटी बैठक बसेको छ । दुवै समूहले अगामी रणनीतिबारे छलफल गरेका छन् । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले हालको विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको प्रभा...
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, सत्ता समीकरणका विषयमा छलफल हुने

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १३ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । नेकपाको दाहाल(नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए । बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । देउवालाई नेकपाकै ओली समूहले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा ...
जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु :  प्रधानमन्त्री ओली

जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताएका हुन् । सर्वोच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै उहाँले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गरे । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।” उनको भनाइ थियो । आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्...
प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : देउवा

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १२ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति स् आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दबाब नदिने उनको भनाइ थियो । देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउँदै उनले भने, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि कि...
बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

बाहिरका सांसदहरुदलाई तत्कालै आउन र काठमाडौँ भएकालाई उपत्यका नछाड्न दाहाल-नेपाल पक्षको निर्देशन

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ । बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ ।’ दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ । बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्र...
नेकपाको खुशीयाली सभा :  अब मुलुक संविधानबाट चल्छ

नेकपाको खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्‍याउँदै संसद् पुनः स्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच््याएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए । शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । ज...
प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता :  यस्तो भयो छलफल

प्रचण्ड-नेपाल-देउवाबीच भेटवार्ता : यस्तो भयो छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता भएको छ । प्रचण्ड(नेपाल काँग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका हुन् । करिब आधा घण्टा भएको भेटवार्तामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ । भेटमा प्रचण्ड(नेपालले सभापति देउवालाई मिलेर अगाडी जान प्रस्ताव गरेका छन् । देउवाले मिलेर अगाडी बढ्ने विषयमा आफु सकारात्मक रहेको जवाफ दिदै पार्टीमा छलफल गर्ने बताएका छन् । देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न विहिबार पदाधिकारी बैठक बोलाएको बताएका थिए । देउवा निकट नेताका अनुसार पार्टीमा छलफलपछि प्रचण्ड-नेपाल पक्षसँग फेरी छलफल हुनसक्ने खरीबोटलाई बताएका छन् । भेटपछि नेकपा अ...