Thursday, May 21
Shadow

ब्यानर समाचार

नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ । सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो । अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुन...
गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ :  प्रधानमन्त्री ओली

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार
काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए । महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौंदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए । उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा...
डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं , फागुन १० । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग परामर्श गरेका छन् । दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा चिकित्सकको परामर्श लिएपछि मंगलबार अस्पतालमा भर्ना हुने भएका छन् । डा। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको मंगलबार स्वास्थ्यको थप परीक्षण हुनेछ र अस्पताल भर्ना हुने भएका छन् ।डा। भट्टराई आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो९इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् । उपचारका क्रममा डा। भट्टराईस...
प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई किन भेटे ? यस्तो  रहेछ  कारण

प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई किन भेटे ? यस्तो रहेछ कारण

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १० । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार भेटवार्ता गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले नेपाली सेनाको जग्गाको विषयमा प्रधानसेनापति थापा र प्रधानन्यायाधिश राणाबीच छलफल भएको जानकारी दिएका छन् । सेनाले भोगचलनमा रहेको ३७ रोपनी जग्गा मध्ये नौ रोपनी जग्गामा सर्वोच्च अदालतले नयाँ भवन बनाएको र बाँकी जग्गामा सेनाको गणलाई जग्गा कमी भएले समन्वयका लागि प्रधानन्यायाधीशलाई भेटेको प्रवक्ता पौडेलले बताए । पछिल्लो समय नेकपामा विवाद भइरहेकै बेला प्रधानसेनापति थापा सर्वोच्च अदालतमा गएर प्रधानन्यायाधीशसँग भेटघाट गर्नु लाई अर्थपुर्ण रुपमा हेरिएको थियो ।...
प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १० ।प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदैछन् । ​बेदकोट नगरपालिका(२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ‌ । नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ । यता प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । पूर्व(पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ(ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌ ।  ...
अन्तिम चरणमा मेलम्ची खानेपानी आयोजनाको काम , सुरुङ परीक्षण आज

अन्तिम चरणमा मेलम्ची खानेपानी आयोजनाको काम , सुरुङ परीक्षण आज

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १० । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक ९एडीबी० को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका सं...
सरकार–विप्लवबीच भित्रभित्रै वार्ता , एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाइँदै

सरकार–विप्लवबीच भित्रभित्रै वार्ता , एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाइँदै

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ । यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको थियो । सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना मा...
प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

प्रधानमन्त्री ओलीले गरे नागढुंगा-नौबीसे सुरुङमार्गको अवलोकन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा-नौबीसे सुरुङमार्गको निरीक्षण गरेका छन् । नागढुंगाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर आइतबार अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी को-अर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ब्रेक थ्रू हुने गरी काम भइराखेको समेत बताए । सुरुङमार्ग निर्माणकार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ पनि पुगेका थिए । सो अवसरमा मन्त्री नेम्बाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिलेसम्म १५ महिना व्यतित भइसकेको र अझै २७ महिना बाँकी रहेकाले अहिलेकै गतिअनुसार निर्माणकार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए । नागढुंगा सुरुङ...
प्रतिगमनविरुद्धको आन्दोलन चर्काउने तयारीमा प्रचण्ड‍-माधव समूह

प्रतिगमनविरुद्धको आन्दोलन चर्काउने तयारीमा प्रचण्ड‍-माधव समूह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ९ नेकपाको प्रचण्ड–नेपाल समूहले सांगठनिक संरचना टुङ्गो लगाउने र प्रतिनिधिसभा विघटनविरुद्धको संघर्ष चर्काउने विषयमा अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी गरेको छ । निर्देशन जारी गर्नका निम्ति पार्टी सचिवालयले तयारी गरिरहेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताईन् । त्यसका मुख्य विषय एकीकरणलाई टुङ्गो लगाउने र संघर्षलाई सशक्त बनाउनेमा केन्द्रित हुने शाक्यको भनाइ छ । आवश्यक परेको खण्डमा निर्वाचन आयोगसँग कानुनी लडाइ, सर्वोच्चसँग संवैधानिक लडाइ र सरकारसँग राजनीतिक लडाइलाई चर्काउनुपर्ने भएकाले त्यसका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन जारी गर्ने तयारी भएको पनि उनले जानकारी दिईन् ।...
संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशमा जानु पर्छ :  अध्यक्ष थापा

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशमा जानु पर्छ : अध्यक्ष थापा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार ब्यक्त गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने,अभिभावकको रुपमा मात्र राजसंस्था रहदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे ।सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म,संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो। १४ बर्षको राजनितीक अभ्यास असफल भएको भन्दै बिदेशी दबाब,प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनितीले काम गरेको उनको भना...