Friday, April 26
Shadow

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै खुसियालीमा माइतीघरमा दीप प्रज्वलन


  • -इ
  • इ+

काठमाडौँ , फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।

उनीहरुले सम्मानित अदालतले स्वागत योग्य निर्णय गरेको बताउँदै जनताको जित भएको जनाउँदै नाराबाजी समेत गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares