Thursday, May 21
Shadow

ब्यानर समाचार

अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता

अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १५ । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूहबाट विभिन्न तरिकाका कसरत भइरहेका छन्। कानुनी रूपमा फुटिनसकेकाले सत्ता समीकरणलाई कसरी अघि बढाउने भन्ने कठिनाइले दुवै समूहलाई पिरोलेको छ। नेकपा दाहाल–नेपाल समूह खुला रूपमा सत्ता समीकरणका लागि प्रयासरत छ भने ओली समूहले गुप्त रूपमा रणनीति तय गरिरहेको छ। दाहाल–नेपालको बिहीबार दिनभरिको कसरत हेर्दा नेकपाभित्र पुनः एकता हुनुपर्ने, एकता हुन नसके दल फुटाउने अध्यादेश ल्याएर मात्र निकास निस्कने अवस्था देखिएको छ। वर्तमान अवस्थामा ओली समूहले संसदीय दलमा ४० प्रतिशत पु७थभलसयाए पनि केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउन नसक्ने भएका कारण पा...
ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ। प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन्। ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ। दाहाल–नेपाल समूहले संसद्मा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन...
मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्‌द्वारा फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । उनका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डाहरुमा पनि छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनस्स्थापना गरेको थियो । सर्वोच्चले १३ दि...
आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

आज ११२ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज, ४ संक्रमितको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार २७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। नेपालमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७७१ पुगेको मन्त्रालयले जनाएको छ ।...
प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच वालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच वालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १४ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । उपाध्यक्ष गौतमले ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेको बुझिएको छ । गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका थिए । वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका हुन् । उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीले सकारात्मक रहेको जनाए पनि ठोस जवाफ नदिएको जनाए । गौतमले ओलीलाई त्याग गरेर भए पनि पार्टी एकता जोगाउन सुझाव समेत दिएका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभ...
५२ जना उपसचिव र सहसचिवसहित केही जिल्लाका सिडिओ समेत फेरिए

५२ जना उपसचिव र सहसचिवसहित केही जिल्लाका सिडिओ समेत फेरिए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन १४ गृह मन्त्रालयले ५२ जना उपसचिव तथा सहसचिवको सरुवा गरेको छ। शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो। पाल्पा, सिन्धुली,महोत्तरी, सुनसरी, सप्तरी, दोलखा, म्याग्दी, लगायत जिल्लाका सिडिओ फेरिएका छन्। योगेन्द्र प्रसाद पाण्डेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सुरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सुरेश न्यौपानेलाई पठाइएको छ। त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रमुखमा अरुण पोखरेललाई पदस्थापन गरिएको छ।...
नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन १४ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । उनको ठाउँमा विशाल भट्टराई नियुक्त भएका छन् । भट्टराई खोटाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद समेत हुन् ।
दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

ब्यानर समाचार, समाचार
काठमाडौंं, फागुन १४। कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९क्राइसिस म्यानेजमेन्ट सेन्टर० कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट सेन्टर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिसमा बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी दिए । उनले केही संख्या अझै प्रमाणित हुन बाँकी रहेकोले थप बढ्न सक्ने ...
नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १४ । सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भएसँगै नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा परेका छन्। सरकार गठन र संसद्मा प्रस्तुत हुन कानुनी रूपमा पार्टी विभाजन नभएकाले दुवै समूह सकसमा परेका हुन्। नेकपा दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। राजनीतिक निर्णय भएकाले त्यसले कानुनी वैधता पाउने अवस्था छैन। कानुनी रूपमा प्रधानमन्त्री ओली नै नेकपाको संसदीय दलको नेता भएकाले दाहाल–नेपाल समूहलाई तत्काल निर्णय गर्न असजिलो भएको छ। ‘दाहाल–नेपाल समूहले दाहाललाई संसदीय दलको नेता चयन गरेको भए पनि त्यो राजनीतिक निर्णय हुनेछ तर कानुनी रूपमा वैधता नपाउने भएकाले अहिले पनि संसदीय दलका नेता ओली नै भएकाले दलको बैठक ओलीले नै बोलाउनुपर्नेछ,’ नेकपानिकट स्रोतले भन्यो। स्रोतका अनुसार अहिले ओली स...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, संसद् बैठक बोलाउने विषयमा छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागनु १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ । बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठक कहिले बोलाउने भन्‍ने विषयमा छलफल गरेका हुन् । स्रोतका अनुसार ओलीले अदालतले दिएको समयसीमाको अन्‍त्‍यतिर बैठक बोलाउने बारे स्थायी कमिटीमा भएको छलफलबारे जानकारी गराएका छन् । सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् । भण्डारी र ओलीबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर...