Thursday, May 21
Shadow

ब्यानर समाचार

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १७। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । बिहीबार राति मस्तिष्काघात भएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका जोशीको सोमबार साँझसम्म होश खुलेको छैन । जोशीका दाजु राजुराज जोशीले उनको अहिलेसम्म होश नखुलेको जानकारी दिए । उनले डाक्टरले स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै दुई–तीन दिनमा होश खुल्ने सम्भावना रहेको बताएको जानकारी दिए । ‘अझै होश आएको छैन, डक्टरहरुले स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनमा होश खुल्न सक्ने सम्भावना रहेको बताउनु भएको छ’, राजुराजले सुनाए । उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा। राजीव झाले जोसीको स्वास्थ्य अवस्था आइतबारजस्तै स्थिर रहेको बताए । मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया ...
अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताउनुभयो । उहाँले संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदि...
अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ: प्रवक्ता गुरुङ

अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ: प्रवक्ता गुरुङ

ब्यानर समाचार, समाचार
काठमाडौं , फागुन १७ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने दाबि गरेका छन् । सञ्चार मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिनबाट रोकेको दाबी गरेका हुन्। उनले सर्वोच्च अदालतले बहुमतप्राप्त संसदीय दलको प्रधानमन्त्रीले राज्य सञ्‍चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको जिकिर गर्दै यस्तो दाबी गरेका छन् । उनले भने, ुनिर्वाचनको माध्यमबाट बहुमत पाएको र त्यसको संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्‍चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । अदालतले नै राजीनामा दिनबाट रोकेकाले प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ।’ नैतिकताको आधारमा राजीनामा माग्ने प्रचण्ड-नेपाल पक्षका नेत...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखराको दौडाहामा निस्कने भएका छन् । बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत उनी पोखरा जाने छन् । पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा सभागृह जाने कार्यक्रम छ । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ ।ओली सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आम सभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम...
प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ ९१० अनुसार बनेको ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न दाहाल–नेपाल समूह कम्मर कसेर लागे पनि उनीहरूको प्रयासले सार्थकता पाउन कठिन छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र संसद्को तेस्रो ठूलो दल जनता समाजवादीले दाहाल नेपाल समूहलाई पहिला आफ्नो दल स्पष्ट गर्न आग्रह गरेलगत्तै उनीहरूलाई नयाँ सरकार बनाउन सकस देखिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपा कानुनी रूपमा विभाजन नहुँदासम्म दाहाल नेपालले सोचेअनुसार ओली नेतृत्वको सरकार विस्थापन गर्न कठिन हुने दाबी गरे । संविधानको धारा ७६ को उपधारा २...
चुनावका नाममा आयोगले गर्यो  १० करोड खर्च

चुनावका नाममा आयोगले गर्यो १० करोड खर्च

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि १७ र २७ वैशाखका लागि तोकिएको निर्वाचन स्वतः रोकिएको छ । तर, अदालतमा विचाराधीन रहेकै वेला आयोगले चुनावी तयारीका नाममा १० करोड रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि धेरै रकम भत्तामा गएको छ । संसद् विघटनको घोषणा गरेकै दिन बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले निर्वाचन आयोग पदाधिकारीलाई तयारी थाल्न निर्देशन दिएका थिए । त्यसयता आयोगले निर्वाचनका लागि आवश्यक तयारीका क्रममा विभिन्न शीर्षकमा करिब १० करोड खर्च भएको अनुमान आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले गरे । रकम केन्द्र र जिल्ला दुवैतिर खर्च भएको छ । ‘अहिलेसम्म सबै शाखाबाट कहाँ कति खर्च भयो भन्ने यकिन हिसाब आइसकेको छैन । यद्यपि, विभिन्न शीर्षकमा भएको खर्चको ठाडो अनुमान गर्दा करिब १० करोड खर्च भएको होला,’ श्रेष्ठले भने । प्रवक्ता...
सांसद् किनबेच हुने खतरा बढ्यो– मन्त्री ज्ञवाली

सांसद् किनबेच हुने खतरा बढ्यो– मन्त्री ज्ञवाली

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताए। सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफारिस भएको मन्त्री ज्ञवालीको भनाइ छ । उहाँले गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको बताए । मन्त्री ज्ञवालीले तीन वर्ष सम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल भएको बताउँदै सरकारले आर्थिक विकासमा सही काम...
राजीनामा नदिने प्रधानमन्त्रीको दाबी , राजीनामा दिए देशमा अस्थिरता आउने टिप्पणी

राजीनामा नदिने प्रधानमन्त्रीको दाबी , राजीनामा दिए देशमा अस्थिरता आउने टिप्पणी

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दाबी गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गरेको भन्दै हिमालय टेलिभिजनको अनलाइन संस्करणले समाचार तयार पारेको छ । उक्त टेलिभिजनको अनलाइन संस्करणले कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएको उल्लेख गरेको छ । समाचारका अनुसार प्रचण्ड–नेपाल समूहको नेकपाले ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास गरिरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो सम्भावना नरहेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।...
विप्लब समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

विप्लब समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

ब्यानर समाचार, राजनिती
सप्तरी, फागुन १४ । नेत्रविक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहारसप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको...
अध्यक्ष प्रचण्ड भन्छन् -अब केपी ओलीसँग झुक्किएर पनि एकता हुँदैन

अध्यक्ष प्रचण्ड भन्छन् -अब केपी ओलीसँग झुक्किएर पनि एकता हुँदैन

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं , फागुन १५ । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । साथै उनले अब ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी र प्रतिगमनकारी सँगै हिड्न र एकता गर्न नसक्ने बताएका हुन् ।...