Thursday, May 21
Shadow

ब्यानर समाचार

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गर्नुभएको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताउनुभयो । काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उहाँले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गर्नुभएको छ ।...
मन्त्रिपरिषदबाट बजेट पारित

मन्त्रिपरिषदबाट बजेट पारित

आर्थिक, ब्यानर समाचार, राजनिती
काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।...
६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

६० प्रतिशतले बढ्यो वैदेशिक लगानी

आर्थिक, ब्यानर समाचार
काठमाडौं- चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षणका अनुसार फागुन मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको हो । गत आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा जम्मा १० अर्ब १८ करोड रुपैयाँ लगानी भित्रिएको थियो । जुन, यो वर्षको फागुन मसान्तसम्मको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो ।...
नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सजन तामाङ  उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भइन्  । सुमनले ४ हजार ९ सय ९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । यस्तै उपाध्यक्षमा मिठुमाया तामाङले ४ हजार १७४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका प्रमिसा तामाङ  ३ हजार ८३० मत पाइन् । ८ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष माओवादीले, ३ वडाध्यक्ष कांग्रेस र २ वडाध्यक्ष नेकपा एमाले ले जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ककनी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो । ...
ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोट ककनी गाउँपालिका वडा नं ३ मा १०८४ मत प्राप्त गरेर माओवादी केन्द्रका घननाथ बजगाईं वडा अध्यक्षमा निर्वाचन भएका छन्। वडामा माओवादी केन्द्रका सम्पूर्ण प्यानल नै विजयी भएका छन्। हाल सम्म ककनी गाउँपालिका भित्र वडा नं १ र ३ मा माओवादी केन्द्रले जीत हासिल गरेको छ भने वडा नं २ मा नेपाली कांग्रेसले खाता खोलेको छ। हाल ककनी गाउँपालिमा वडा नं ४ को मतगणना कार्य जारी छ। गाउँपालिका प्रमुख  र उप- प्रमुखमा पनि माओवादी केन्द्रको अग्रता कायमै छ।...
सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

सिसडोल पिडित आन्दोलित , काठमाडौंमा थन्किए फोहोरका गाडी

ब्यानर समाचार, मुख्य समाचार, समाज
विगत १६ बर्ष देखिको समस्या समधान नगरेको भन्दै सिसडोल बासिन्दाले फोहोरमैला बोकेर गाडीमा प्रवेशमा रोक लगाएका छन्। आज बिहान ४ बजे देखि काठमाडौं महानगरबाट फोहोर बोकेका गाडी सिसडोल जान सकेका छैनन् । हाल फोहोरमैला बोकेका गाडी काठमाडौंमा नै थन्किएका छन्। १६ बर्ष पहिला नेपाल सरकारले गरेका सम्झौता कान्वयान नगरे सम्म फोहोरमैला बोकेका गाडी सिसडोल छिर्न नदिने स्थानीयको चेतावनी छ। आज बाट स्थानीय फोहोरमा राजनीति गर्ने दलालहरू होसियार , मानव रहित फोहोर ,फोहोर रहित मानव भन्दै आन्दोलित भएका छन् ।...
सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्। स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् । ‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए । सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो...
प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, फागुन ४ आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थारु आयोगको तेस्रो प्रतिवेदन पेश गरेका छन् भने तीन शोक प्रस्ताव पारित भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरिरहेकै बेला सभामुखले यी प्रस्ताव अगाडी बढाएका थिए । अब अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ ।...
पृथ्वी जयन्ती : सिंहदरबार वरपर जे देखियो (फोटो फिचर)

पृथ्वी जयन्ती : सिंहदरबार वरपर जे देखियो (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप
काठमाण्डौँ, पुस २७ ३०० औँ पृथ्वी जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । सोहि क्रममा सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरि मनाईएको छ । सो अवसरमा त्यस स्थान वरपर खिचिएको फोटोहरु : तस्वीर : राजेन्द्र गजुरेल
माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

माओवादी र मसाल (सम्पर्क केन्द्र)बीच एकता

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो । कार्यक्रममा मसाल केन्द्रीय सम्पर्क समितिका लोकेन्द्र लम्सालले एकता आजको आवश्यकता भएको बताए । अब वैज्ञानिक समाजवाद कार्यनीतिक नाराको रुपमा अघि बढाउनुपर्ने उनले बताए । माओवादीको नेतृत्व र लाइनहरु ठिक छ भन्दै समाहित भएको उनले बताए । ...