Thursday, May 21
Shadow

ब्यानर समाचार

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने, प्रतिनिधिसभा भंग गरेको भन्दै नेताहरूले गरे विरोध

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने, प्रतिनिधिसभा भंग गरेको भन्दै नेताहरूले गरे विरोध

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, पुस १७ । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ।अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन । आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन् । नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका थिए । साथै पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।बैठकको आरम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । यसैबीच सभाका नेकपा संसदीय दलका नेता द...
गृहमन्त्री थापाको दाबि- स्थिरता कायम गर्न संसद विघटन , यो लडाइँमा हामी नै विजयी हुन्छौ

गृहमन्त्री थापाको दाबि- स्थिरता कायम गर्न संसद विघटन , यो लडाइँमा हामी नै विजयी हुन्छौ

ब्यानर समाचार, राजनिती
    काठमाडौं, पुस १७ ।  । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यसतो बताएका हुन् । देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको उनले बताए । सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको बताए । संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनरस्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उनले बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने क...
बालबालिकाको प्रधानमन्त्री ओलीलाई प्रश्न : कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ ? पहिले जस्तो ढुक्क भएर विद्यालय जान कहिले पाउँछौँ

बालबालिकाको प्रधानमन्त्री ओलीलाई प्रश्न : कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ ? पहिले जस्तो ढुक्क भएर विद्यालय जान कहिले पाउँछौँ

ब्यानर समाचार, समाचार
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन्। शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले छिट्टोभन्दा छिट्टै भ्याक्सिन ल्याउन विषयमा छलफल भइरहेको समेत जनाकारी दिए । नेपालीले कोरोनाको खोप कहिले पाउँछन्रु हामी कहिलेदेखि पहिलकै जस्तो ढुक्क भएर विद्यालय जान पाउँछौँ भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्। उनले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउन अनुमति दिने र सरकारका तर्फबाट पनि छिटो ल्याउने गरी तयारी भएको बताए। ‘निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि अनुमति दिने र सरकारका तर्फबाट पनि छिटोभन्दा छिटो ल्याउने उनले उल्लेख गरे । सबैभन्दा पहिला फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागर...
सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

सरकारको विरोधमा राजधानीमा राप्रपाको प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । सरकार चौतर्फी रुपमा असफल भएको भन्दै राप्रपाले शुक्रबार प्रदर्शन गरेको हो । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएको राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा चर्को नाराबाजी गरेको छ । राजधानीको भृकुटीमण्डपमा भेला भएर राप्रपाले सुरु गरेको प्रदर्शन रत्नपार्कको शान्ति बाटिकामा पुगेर सभामा परिणात भएको छ । सभालाई राप्रपाका अध्यक्षद्वय कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्दैछन् ।...
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आफूहरु आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पाउनु पर्ने भनी दिएको निवेदनलाई निर्वाचन आयोगले फिर्ता गरेको दाबी गरेका छन्। तर निर्वाचन आयोगले भने सो निवेदन फिर्ता नभएको र यथाअवस्थामै रहेको जानकारी दिएको छ। ‘आयोगमा आएका कागजात फिर्ता हुने कुरा हुँदैन, त्यस्तो भएको छैन,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले नेपालखबरसँग भने ‘आधिकारिकताको कुरा पछि निर्णय हुन्छ।’ अर्को पक्षका नेताहरुले पनि ओलीकाे सो दाबी झूठो भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँगको एक भर्चुअल अन्तरक्रियामा साे दाबी गरेका थिए। ‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्‍यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’ ‘झुठाे प्रचार’ तर यता प्रचण्ड–नेप...
राष्ट्रिय सभाको बैठक तयारी सकियो एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण,

राष्ट्रिय सभाको बैठक तयारी सकियो एक सांसदसहित ६ जनामा कोरोना सङ्क्रमण,

ब्यानर समाचार, राजनिती, समाचार
राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार देखि हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि हिजो बिहीबार ४१ जना सांसदसहित ९७ जनाको स्वाब सङ्कलन गरेकोमा एक जना सांसदसहित ६ जनामा कोरोना पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उनीहरूमा कोरोना पुष्टि भए पनि राष्ट्रिय सभाको बैठकमा कुनै असर नगर्ने र बैठकको सबै तयारी पूरा भएको पनि सहप्रवक्ता धमलाले बताउनुभयो । राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ । ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन् । कुनै पनि कानुन बन्न दुवै सदनबाट विधेयक पास भएर राष्ट्रपतिकहाँ पुग्नुपर्ने हुन्छ । अहिले प्रतिनिधि सभा नभएका कारण राष्ट्रिय सभाले आफ्नो कामका रूपमा विधेयकमाथि छलफल गरेर पास गरे पनि कानुन बन्न प्रतिनिध...
आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, समाचार
  काठमाण्डौँ, पुष १७ आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट www.dpfe.gov.np​ मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आव...
किन गइरहेको छ झ्याप झ्याप बत्ती  ? प्राधिकरणले गर्यो यस्तो खण्डन

किन गइरहेको छ झ्याप झ्याप बत्ती ? प्राधिकरणले गर्यो यस्तो खण्डन

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । पछिल्लो समय काठमाडौं उपत्यकामा झ्याप झ्याप बत्ती गइरहेको छ । यसरी बेला बेला बत्ती जाादा नेपाल विद्युत प्राधिकरणको आलोचना भइरहेको छ ।यता पछिल्लो समय बत्ती जाने समस्या बढेपछि भइरहेको आलोचनाबारे प्राधिकरणले विज्ञप्ति मार्फत खण्डन गरेको छ । प्राधिकरणले आफ्नो स्पष्टिकरण पेश गर्दै लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । भारत्वहन क्षमता भन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको प्राधिकरणको प्रष्टोक्ति छ । प्राधिकरणले यस्तो अवरोध न्यूनीकरण एवं निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत रहेको जनाएको छ । प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ पनि गरेको छ ।प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको अवस्थामा फेरि दोहोर्‍याउनुपर्ने आवश्यकता...
माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

माघ १५ देखि सबै पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १६ । निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने अवधिभर पालिकाको केन्द्रमा गएर कुनै त्रुटी भए सच्याउन आयोगले आग्रह गरेको छ । यस्तै झुठो विवरण दिई कसैले नामावलीमा नाम समावेश गरेको भए यसै अवधिमा त्यसविरुद्ध उजुरी दिन पाइने छ । आयोगले सबै पालिका, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सबै सरोकारवालालाई मतदाता नामावली अद्यावधिक कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ ।...
राष्ट्रियसभा बैठक शुक्रबारदेखिः सम्भावित कार्यसूची तय

राष्ट्रियसभा बैठक शुक्रबारदेखिः सम्भावित कार्यसूची तय

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १६ ।राष्ट्रियसभा बैठक शुक्रबारदेखि सुरु हुने भएको छ । यसका .लागि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रियसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यस्तै राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यव...