Thursday, May 21
Shadow

ब्यानर समाचार

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको हिंसा, एक जनाको मृत्यु, वाशिंटन डिसीमा कर्फ्यु

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकको हिंसा, एक जनाको मृत्यु, वाशिंटन डिसीमा कर्फ्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २३ । अमेरिकाको वाशिंगटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरेपछि कर्फ्यु लगाइएको छ । अमेरिकाको वाशिंटन डिसीमा स्थित संसद भवन रहेको क्यापिटल हिल्समा ट्रम्प समर्थक पुगेर हिँसा गरेपछि कर्फ्यु लगाइएको हो । संसदको काँग्रेस र सिनेटमा निर्वाचन प्रमाणित हुने प्रकिया चलिरहेका बेला ट्रम्पक समर्थक सभा हल भित्र पसेका थिए । ससंद भवनभित्र पसेका सयौं प्रदर्शनकारी सभामुखको च्याम्बरदेखि संसद हल लगायतका ठाउमा प्रवेश गरेर तोडफोड गर्न शुरु गरेपछि अस्तव्यस्त भएको थियो । प्रदर्शनकारीहरु संसद भवनभित्र पसेपछि सांसदहरुलाई उद्दार गरेर भवन बाहिर निकालिएको थियो । प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि संसद भवनमै असुर्ग्यास प्रहार गरिएको थियो ।अवस्था नियन्त्रण बाहिर गएपछि क्यापिटल हिल क्षेत्रमा नेशनल गार्ड परिचालन गरिएको छ । यसैक्रममा सुरक्षाकर्मिले चलाएको गोलि लागेर एक महिलाको मृ...
सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसै कारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै भने, ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपा...
कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालले गर्यो स्वागत

कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालले गर्यो स्वागत

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २२ । नेपालले साउदी अरेबियाले कतारमाथि झन्डै साढे तीन वर्ष लामो नाकाबन्दीलाई हटाएकोमा स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाइएकोमा स्वागत गरेको हो । विज्ञप्तिमा गल्फ कोअपरेसन काउन्सिल ९जीसीसी० का सबै मुलुकहरूसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राख्ने उल्लेख गरिएको छ । कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । जीसीसीको भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको थियो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न...
कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु, नेपालमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौ, पुस २२ । कोरोना संक्रमणबाट विश्वभर ६०२ पत्रकारको मृत्यु भएको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पिइसी) ले विश्वभरि कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । उसले सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको उल्लेख गरेको हो । पिइसीले स्विट्जरल्यान्डको जेनेभाबाट प्रकाशित गरेको प्रतिवेदनमा मृतकमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेको जनाएको छ ।त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु समाचार संकलन तथा प्रसारणका लागि अग्रपङ्क्तिमा रहनुपर्ने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन आग्रह समेत गरेको छ । पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा फोटो तथ...
ओलीले निरङ्कुश चरित्र देखाए :  नेता नेपाल, दिए  संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ओलीले निरङ्कुश चरित्र देखाए : नेता नेपाल, दिए संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौँ पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निरङ्कुश चरित्र देखाएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले आफैले संसद विघटन गर्ने आफै फुलफ्लेज प्रधानमन्त्री रहेको दाबी गरेर निरङ्कुश चरित्र देखाएको आरोप लगाएका हुन् । अब निरङ्कुश व्यवस्था सम्भव नभएको भन्दै नेता नेपालले संबिधानलाई कुल्चिने गल्ति नगर्न चेतावनी दिए । सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र काम गर्न दिइएन, हात खुट्टा बाधियो त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले न रहे बाँस न बजे बासुरी भने झै लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानका प्रावधानलाई क्षतविक्षत पारेर, संबिधानलाई कु गरेर निरंकुश चरित्र देखाएको आरोप लगाएका थिए ।अहिले सिंगो मुलुक...
प्रतिनिधसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई पुस २९ गते हुने, कार्कीले गरे इजलासमा नबस्ने घोषणा

प्रतिनिधसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई पुस २९ गते हुने, कार्कीले गरे इजलासमा नबस्ने घोषणा

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ पुस २२ । प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटको अर्को सुनुवाई अब पुस २९ गते बुधबार हुने भएको छ । सर्वोच्च अदालतको संबैधानिक इजलासमा आजको सुनुवाई न्यायाधिश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि अवरुद्ध भएको थियो । यस अघि रिट निवेदकका तर्फबाट बहसमा भाग लिदै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शम्भु थापालगायतले न्यायाधिश कार्की इजलासमा बस्न नहुने तर्क गरेका थिए । न्यायाधिश कार्की यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुदा महान्यायाधिवक्ता रहेको र अहिले ओलीकै कदमविरुद्धको मुद्धाको इजलासमा बस्दा स्वार्थ बाझिने तर्क गरेपछि न्यायाधिश कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए । त्यस्तै बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका निवेदकहरुले यस रिटको सुनुवाई बृहत पूर्ण इजलासमा गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गरेका छन् । उनीहरुले यो विषय संबिधान र कानुनको गम्भीर...
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष २२ कैलालिको धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । प्रदेश न. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरेका छन् ।  ...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २२ सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधबार (आज) सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेसी ताेकिएको छ । यसअघि यस इजसालले यही पुस १० गतेको सुनुवाइपछि अदालतले प्रतिनिधि सभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायलाई आदेश दिएको थियो । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिस्टारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश पनि जारी भएको थियो । अदालतको आदेशअनुसार पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत सबैको लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।...
निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको विवादपछि उत्पन्न राजनीतिक अवस्थालाई हेरी निर्वाचन आयोगले निर्वाचन घोषणापछि पनि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलभित्रको विवाद निरुपण गर्न सक्ने गरी दलसम्बन्धी नियमावली संशोधन गरेको छ । यसअघि राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचनको अवधिभर दलहरुबीचको विवाद निरुपण गरिने छैन भन्ने व्यवस्था थियो । नियमावलीमा रहेको उक्त प्रावधान संशोधन नगरी नेकपाभित्रको विवाद निरुपण नहुने र निर्वाचनमा जान सक्ने अवस्था नदेखेपछि आयोगले नियमावली संशोधन गरेको हो । निर्वाचनको मिति घोषणापछि अलमलको अवस्था नहोस्, राजनीतिक स्थायित्व होस्, दलहरु चुनाव प्रचारप्रसारमा जुटून र निर्वाचनको वातावरण बनोस् भन्ने हेतुले विगतमा नियमावलीमा यो अवधिमा विवाद निरुपण नगर्ने प्रावधान राखिएको थियो । नेकपाभित्रको विवादसँगै उक्त प्रावधान हटाइएको छ ...
संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो  ?

संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २२ । आजदेखि सर्वोच्च अदालतको संबैधानिक इजला मा प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमाथि सुनुवाई हुदै छ । यसअघि पुस १० गतेको अदालतको आदेशानुसार यही पुस १९ गते राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ । त्यस्तै इजलासले एमिकस क्युरी गठन गर्ने निर्णय अनुसार नेपाल बार एसोसियसनबाट ३ जना वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिसकेको छ । त्यस्तौ सर्वोच्च बारले बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । तर बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेकाले उनको ठाउमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । संबैधानिक इजलास र बृहत पूर्ण ...