Thursday, May 21
Shadow

ब्यानर समाचार

प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

प्रतिनिधिसभा विघटन: नेकपाका दुवै पक्षलाई कारण खुलाई विवरण पेस गर्न सात दिने म्याद

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २४ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले आफू नै संस्थापन पक्ष भएको दाबी गर्दै आएका छन्। तर ऐनले तोकेको प्रक्रियाअनुसार दुवै पक्षले दाबी पेस नगरेपछि आयोगले बिहीबार दुवै पक्षलाई पत्राचार गरेर सात दिनको समय दिएको हो। नेकपा विभाजनको अपसजबाट बच्न दुवै पक्षले रितपूर्वक मागदाबी नगरेका कारण आधिकारिकता विवाद टुंग्याउन कठिन भएपछि आयोगले पुनः पत्र काटेको हो। ‘नेकपा विवादमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ उपनियम ४ बमोजिम विवादका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन पेस गर्न सात दिनको म्याद दिएर पत्र पठाउने निर्णय भएको छ,’ आयोगका प्रवक्...
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला त तीन दिनको मौसम ?

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, पुस २४ । पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका भू(भागमा हुस्सु लागिरहेको र दिउँसो क्रमिकरूपमा खुल्दै जाने महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २४ गते (शुक्रबार) दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति :  प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ । पौष २५ गते (शनिबार) दिउँसो : प्रदेश १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक  देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम साम...
चित्रबहादुर केसी भन्छन् – प्रधानमन्त्रीले भारतको इशारामा संसद विघटन गरे

चित्रबहादुर केसी भन्छन् – प्रधानमन्त्रीले भारतको इशारामा संसद विघटन गरे

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इशारामा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन्। बिहीबार दाङको घोराहीमा उक्त पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन्  । उनले भने , ‘प्रधानमन्त्री ओलीले आफ्नो हातबाट सत्ता गुम्ने खतरा देखेपछि भारतको इशारामा संसद नै विघटन गरे।’ प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद मिलाउनुको सट्टा संसद विघटन गरेर देशलाई नै संकटमा फसाउने काम गरेको भन्दै रोष प्रकट गरे।संसद पुनर्स्थापना गरेर देशलाई आर्थिक भारबाट जोगाउन समेत उनले प्रधानमनन्त्रीसँग आग्रह गरे। वर्तमान प्रधानमन्त्री र संविधानको संरक्षक राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गर्ने काम गरेको भन्दै उनले रोष प्रकट गरे। नेकपा भित्रको सत्तास्वार्थको उपद्रोका कारण देश संकटमा पर्ने अव...
देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गर्नुभयो : मुख्यमन्त्री पोखरेल

देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गर्नुभयो : मुख्यमन्त्री पोखरेल

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताएका छन् । कपिलवस्तुमा निर्माण भएको क्षेत्रीय यातायात सडक (आरटिओ) रोडको आज विजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेतालाई निर्वाचनमा लाग्न सुझाव दिए । मुख्यमन्त्री पोखरेलले हुलाकी मार्गले मधेशको विकासमा महत्वपूर्ण हुनेसमेत बताए । प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकाले यो सडक निर्माण पश्चात नागरिकको जीवनस्तर परिवर्तन हुने साथै प्रदेशको स्थायी राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको स्तरोन्नति गरिने उनले बताए । मुख्यमन्त्री पोखरेलले कपिलवस्तुमा सिँचाइको लागि नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताए...
राष्ट्रपति समक्ष सरकारको ‘वार्षिक प्रतिवेदन २०७६/७७’ पेश

राष्ट्रपति समक्ष सरकारको ‘वार्षिक प्रतिवेदन २०७६/७७’ पेश

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ पुस २३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धि सम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण प्रतिवेदन समावेश गरिएको छ । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सम्मान, सुशासन र समृद्धिलाई सर्वोपरि प्राथमिकतामा राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा यस वर्ष विभिन्न महत्वपूर्ण काम भएको प्रतिवेदनमा जनाइएक...
काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? अब दुई वटा रूख अनिवार्य रोप्नुपर्ने !

काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? अब दुई वटा रूख अनिवार्य रोप्नुपर्ने !

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाण्डौँ, पुष २३ काठमाडौं कंक्रिटको जंगल काठमाडौंमा माहानगरपालिकाले बल्ल घर बनाउँदा रुख रोप्नु पर्ने विषयलाई तदारुकता देखाएको छ । तीन दिन अघि काठमाडौ प्रदुषणले आपकालको तह पार गरेपछि माहानगरपालिका तातेको हो । घरैघरको जंगल काठमाडौं हरियाली कमै देखिन्छ । रुख विरुवा रोप्ने कामपाको योजना यत्तिकै थन्किएको छ । स्थानिय रुखहरु करिब करिब लोप भइसकेको स्थिति छ । सडकका छेउछाउ सबै आयातित विरुवाहरुले ढाके । त्यो पनि संरक्षण नपाउँदा लाखौरुपैया खर्च खेर गएको छ । महानगरलाई हरियाली बनाउन घर निर्माण गर्दा कम्तिमा दुईवटा विरुवा लगाउनै पर्ने नियम अघि सारेको काठामाडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार वातावरण प्रदुषण कम गर्न सघाउ पुग्ने छ । काठमाडौं महानगरपालिकाले बोट विरुवा प्रवर्द्धनको लागि नीति नै नबनाएको हैन । तर, नीति कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका जिम्मेवारी भ...
भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष २३ दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । उनका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।...
प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न गराएको बताए। ‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’, उनले भने। उनले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको बताउँदै आफूले धेरै पटक शैली सुधार गर्न सुझाब दिएको बताए। ‘प्रधानमन्त्री ओलीलाई शैली सुधार गर्न मैले धेरै पटक सुझाब दिएको छु। उहाँ दुई पटक प्रधानमन्त्री हुनुभो, दुवैपटक मैले धेरै सुझाब दिए। कति ग्रहण गर्नु भो, कति भएन’, उनले भने।...
अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् । यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए । यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ । सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ । बीबीसी...
ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौ, पुस २३ । नेकपा प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ । बुधबार धनगढीमा बसेको नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए । बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन कार्यक्रमलाई शानदार रूपमा सफल पार्न...