Thursday, May 21
Shadow

ब्यानर समाचार

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप, पहिलो चरणमा ३० करोडलाई लगाइने

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप, पहिलो चरणमा ३० करोडलाई लगाइने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ३ । भारतले आजदेखि सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने भएको छ । बिहान साढे १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी भएको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका ३० करोड व्यक्तिलाई ख...
तराईमा बाक्लो हुस्सु, तीन प्रदेशमा वर्षाको पूर्वानुमान

तराईमा बाक्लो हुस्सु, तीन प्रदेशमा वर्षाको पूर्वानुमान

ब्यानर समाचार, मौसम
  काठमाडौँ, माघ ३ । बंगाल र आसपासमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल प्रदेश १ का पहाडी भू(भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आजै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू(भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान माघ ३ गते (शनिबार) दिउँसो :  प्रदेश नं १ मा आंशिकदेखि ...
दाहाल–नेपाल समूहले ओलीलाई स्पष्टीकरण सोध्ने, विष्णु पौडेललाई कारबाही गर्ने निर्णय

दाहाल–नेपाल समूहले ओलीलाई स्पष्टीकरण सोध्ने, विष्णु पौडेललाई कारबाही गर्ने निर्णय

ब्यानर समाचार, राजनिती
काठमाण्डौ , माघ २ । नेपाल कम्युनिस्ट पार्टी नेकपा) को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिए । यस्तै बैठकले आउँदो माघ १६ गते काठमाण्डौमा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आउँदो तीन दिनभित्रमा पार्टीका रिक्त पदहरूमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरूलाई पनि टुङ्गो लगाउने निर्णय गरेको छ ।...
एमिकस क्युरीको सल्लाह :  संबैधानिक इजलासमै न्यायाधिश थपौं

एमिकस क्युरीको सल्लाह : संबैधानिक इजलासमै न्यायाधिश थपौं

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई भइरहेको छ । आजको बहस यो मुद्दा संबैधानिक इजलासमै सुनुवाई गर्नकी बृहत पूर्ण इजलासमा लैजाने भन्नेमै केन्द्रित भएको छ । बहसमा सरकार पक्षका वकिलले संविधानिक इजलासमै यस मुद्धाको सुनुवाई हुनुपर्ने धारणा राखेका छन् ।तर सर्वोच्चको माग अनुसार एमिकसमा परेका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले भने संबैधानिक इजलासमै न्यायाधिश थप्न सकिने तर्क गरेका छन् । कार्कीले संबैधानिक इजलासमै न्यायाधिश थपेर सुनुवाई गर्नसकिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संबिधानको फ्रेमभन्दा बाहिर जान मिल्छ र? भनेर प्रश्न गरेका थिए । जवाफमा कार्कीले संबैधानिक इजलासमा न्यायाधिश थप्दा संबिधानको उलंघन नमानिने बताएका थिए । संबिधानले संबिधानको ब्याख्या गर्ने परिस्थिति उत्पन्न भएमा संबैधानिक इजलासको परिकल्पना गर्...
नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के के भयो छलफल ?

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के के भयो छलफल ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २ । नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको नेतृत्व उनका समकक्षी एस जयशंकरले गरेका थिए । बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले यसअघि पाँचौ बैठकमा दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समिक्षा गरेको छ । यसबाहेक स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्ने निष्कर्ष निकालेको छ । बैठकमा नेपालले भारतलाई कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनका लागि बध...
सुरु भयो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ

सुरु भयो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चले अघिल्लो बुधबार हेर्दाहेर्दैमा राखेको उक्त मुद्दामा थप सुनुवाइ गर्न शुक्रबारका लागि तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको इजलासले यी मुद्दा हेर्दै छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । शुक्रबार दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुनेछ । त्यसपछि मात्रै मूल मुद्दा अर्थात् प्रतिनिधिसभा विघटन संविधानसम्मत हो कि होइन भन्ने विषयमा बहस केन्द्रित हुनेछ । इजलासमा न्यायाधीश मल्ल नयाँ थपिएकी हुन् । बाँकी यसअघिका इजलासमा पनि थिए । अघिल्लो इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि उनले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेक...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ । साथै अध्यक्ष माधवकुमार नेपाल बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।...
परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक र छलफलमा सहभागि हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं माघ २ । भारतको नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजदेखि औपचारिक बैठक र छलफलमा सहभागि हुँदैछन् । नेपाल(भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली पुगेका हुन् । भारतीय समकक्षी डा। एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च राजनीतिक नेताहरूसँग पनि भेट्ने तयारी छ । भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ । नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड(१९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छल...
यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

यी भू-भागमा हिमपात र वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मौसम
  काठमाडौं , माघ २ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले देशभरको मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू(भागमा बदली भइरहेको हो । तराईका भू(भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान माघ २ गते (शुक्रबार) दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ...
राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरिदै

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरिदै

ब्यानर समाचार, समाचार
काठमाडौँ, माघ २ । आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।विसं १९९० माघ २ गते दिउँसो २स्२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँने गरिएको छ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो ।विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरिएको थियो । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११स्५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो ।आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपला...