Friday, April 19
Shadow

दाहाल–नेपाल समूहले ओलीलाई स्पष्टीकरण सोध्ने, विष्णु पौडेललाई कारबाही गर्ने निर्णय


  • -इ
  • इ+

काठमाण्डौ , माघ २ । नेपाल कम्युनिस्ट पार्टी नेकपा) को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिए ।

यस्तै बैठकले आउँदो माघ १६ गते काठमाण्डौमा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आउँदो तीन दिनभित्रमा पार्टीका रिक्त पदहरूमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरूलाई पनि टुङ्गो लगाउने निर्णय गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares