Friday, April 26
Shadow

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा हुनेछ छलफल


  • -इ
  • इ+

काठमाडौँ, माघ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका थप कार्यक्रमबारे पनि छलफल गर्ने तयारी गरेको छ ।

साथै अध्यक्ष माधवकुमार नेपाल बैठकमा पेस गरेको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares