Wednesday, May 20
Shadow

ब्यानर समाचार

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उहाँले बताउनुभयो । घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिक रूपमा बढेको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो । असोज ३० गते ७३ हजार आठ सय ९६, ...
कपिलवस्तुमा शान्ति पुनर्स्थापना गृह (PRC)ले १ बर्षमा ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

कपिलवस्तुमा शान्ति पुनर्स्थापना गृह (PRC)ले १ बर्षमा ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, असोज ३० शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम अचार्य, विशिष्ट अतिथिमा शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु, कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरनमान बज्राचार्य, अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षक लम्मण ओलु, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगर, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, प्रकाश मरासिनी, जय प्रकाश पाण्डेय, बिष्णु प्रसाद खतिवडा, लेखनाथ घर्ती, कमल जिसी,शुशीला बेल्वासे, वडाध्यक्ष कृष्ण कुमार गुप्ता लग...
नेकपा माओवादी केन्द्र द्वारा कृष्णनगरमा नव प्रवेशी लाई सम्मान

नेकपा माओवादी केन्द्र द्वारा कृष्णनगरमा नव प्रवेशी लाई सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कृष्णनगर, असोज २७ नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथीमा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, विशिष्ट अतिथिमा शान्ति देवी हरिजन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली , राजेन्द्र अचार्य, राम विलास यादव लगायत अन्य रहेका थिए। कार्यक्रममा बोल्दै बिष्णु बेल्वासेले अहिलेको वर्तमान संविधान सबै जातजाती, धर्म समुदायको अधिकार लाई लिपिबद्ध गर्ने काम नेकपा माओवादीले गरेको यस्को रक्षा पनि माओबादीले गर्ने बताए। कार्यक्रममा बोल्दै राजेन्द्र अचार्यले देशमा भएको ठूलाठूला भ्रष्टाचारको यो सरकारले विरोधी अभि...
माओवादी केन्द्रमा दास मानसिकताको बिकास हुदै आलोचनात्मक चेत मर्दै – महेश्वर दाहाल

माओवादी केन्द्रमा दास मानसिकताको बिकास हुदै आलोचनात्मक चेत मर्दै – महेश्वर दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
- महेश्वर दाहाल मुलुक कतिपय आर्थिक र सामाजिक समस्याहरूबाट गुज्रिरहेको परिस्थितिलाई भड्काएर ‘शोकको बेला भित्तो फोर्ने नीति’ बोकेकाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने मात्र होइन राजनीतिक प्रणालीलाई नै सिध्याउने दाउमा लागिरहेका छन् । धार्मिक वा जुनकुनै आवरणमा सामाजिक सद्भाव भड्काउने र समुदायलाई आपसमा भिडाएर सिंगो मुलुकलाई अराजकतातिर धकेल्ने दिवास्वप्न देख्नेहरु उत्साहित रहेको पछिल्लो समयमा प्रचण्ड नेतृत्वको सरकारको जिम्मेवारी अरु बढेको छ र सँगै अग्निपरीक्षा समेत सुरु भएको छ । त्यसो त प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दै यसलाई निष्कर्षमा पुर्‍याउन इमानदार प्रयत्न गर्नुभएको छ । तर, अभियोजन पेस गर्ने चरणसम्म मुद्दा कमजोर भइसक्ने र अभियानलाई नै जबर्जस्त बदनाम बनाउने कतिपय भ्रष्ट आवरण भएकाहरूको सक्रियता जस्ता सन्दर्भहरूले उक्त अभियान विश्वसनीय बन्न सकिर...
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय कृष्णनगरले जनचेतना कार्यक्रम गर्‍यो 

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय कृष्णनगरले जनचेतना कार्यक्रम गर्‍यो 

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र कृष्णनगर, असोज २७ जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर विद्यालयमा जाने गरेको तथा छड्के चेकिंग गरि हेल्मेट नलगाउने कागजपत्र साथमा न राख्ने व्यक्ति लाई सचेत गरिनुका साथै जरिवाना समेत गर्दै आएको छ। तिन महिनाको अवधिमा विभिन्न सवारी साधन हरूले ट्राफिक नियम उलंघन गरिए बाफत पैतिस लाख राजस्व संकलन गरिएको दुई हजार आठ सय जनामा जनचेतना गराइएको तथा कृष्णनगर क्षेत्रमा चल्ने टेम्पो चालक लाई टेम्पोको दायां साइडमा बार लगाउन निर्देशन गरिएको बिना हेलमेट बाइक चलाउन निरूत्साहित गरिएको सवारी दुर्घटना पूर्ण रूपमा नियन्त्रण गर्न हरेक सम्भव प्रयास गरिदै आएको कृष्णनगर ट्राफिक कार्यालय...
सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्नेमा सरोकारवालाको अनुरोध

सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्नेमा सरोकारवालाको अनुरोध

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र कृष्णनगर असोज, २६ जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सराेकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । साे कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचार कायम गरी सभ्य र मर्यादीत रुपले मनाउनु आम समुदायलाई अनुरोध गर्नु भएको छ । नेपाल मुस्लिम आयोगको तर्फबाट सबैलाई दशैँको शुभकामना दिदैँ सदस्य बेगले शान्तिलाई खलल नपुग्ने गरी एक आपसमा सदभाव कायम गरी दशैँ मनाउन सबैमा अपिल गर्नु भयो । पुर्व सांसद अभिषेक प्रताप शाहले बैठकलाई सम्बोधन गर्दे एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउन आग्रह गर्नुभयो । विगतमा भएको कमीकमजोरीलाई ...

दक्ष श्रमिकलाई जर्मनीले अवसर दिने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, २५ असोज : सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा हालै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तरराष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कामेनले नेपाली दक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यसअघि दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा दक्ष नेपाली जनशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्र उनीहरुलाई काममा लगाउने, नेपाली कामदारको हकहितको रक्षा र भाषा तथा व्यावसायिक तालिम दिने विषयमा पनि छलफल भएको थियो । राज्यमन्त्री गेवर्सले द्विपक्षीय आशयपत्रमा हस्ताक्षर भएपछि संस्थाग...

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, २५ असोज : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ । समितिको आजको बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री तथा ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा थप छलफल गर्नुपर्ने देखिएकाले तत्काल कुनै निर्णय नगर्न सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीको ट्राफिक तथा नेटवर्कको निगरानी एवं ठगी रोक्नका लागि टेरामक्स प्रणाली जडानको तयारी गरेको छ । टेरामक्सबाट ‘फ्रड’ कल नियन्त्रण तथा दूरसञ्चार सेवाको गुणस्तर नियमन गर्न सहयोग पुग्ने प्राधिकरणको दाबी छ । उक्त प्रणाली जडान भएपछि दूरसञ्चार सेवाबापत उपभोक्तामाथि हुने ठगी एवं राजस्वमा चुहावट नियन्त्रण हुने प...
जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाको प्रेस विज्ञप्ति, इजरायलमा नेपालीहरूको मृत्यु प्रति दु:ख व्यक्त

जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाको प्रेस विज्ञप्ति, इजरायलमा नेपालीहरूको मृत्यु प्रति दु:ख व्यक्त

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कृष्णनगर, असोज २४ जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपाली हरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ। हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरूबाहेक अन्य केही देशका नागरिक पनि मारिएका छन्। अत्यन्तै दु:खका साथ भन्नु परेको छ कि यी मृतकहरुमा हाम्रो प्यारो देश नेपालका दश जना नागरिक पनि परेका छन् । र यस दु:ख र शोकको घडीमा उहाँहरु आफ्नो देशको साथमा उभिएर मृतकहरुका परिवारजनहरुका दु:खमा सहभागी हुनुभएको छ । हाम्रो देशको सरकारी प्रशासनले यस अवसरमा राष्ट्रिय शोक घोषणा गरेको छ र शोकको अभिव्यक्तिको रूपमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ, हामी यो निर्णयको समर्थन र प्रशंसा गर्दछौं। जामिया सिराजुल उलुम अल्सल्फिया लगायत जैद बिन साबित, आयशा सिद्दिका गर्लस कालेज, मदरसा जिया...
बेरुजुको अद्यावधिक गर्न सम्परीक्षणको कार्य प्रारम्भ

बेरुजुको अद्यावधिक गर्न सम्परीक्षणको कार्य प्रारम्भ

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - गत बर्ष देखि रोकिएको सम्परीक्षण प्रक्रिया शुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसद्का महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेको छ । पुँजीगत खच बढाउन र वर्षान्तमा बढी खर्च हुने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि समितिले सरकारलाई निर्देशन दिएको छ । हाल सरकारको सम्पत्ति (ऋण, धन, सञ्चित कोष) को अभिलेख अद्यावधिक नभएकोले यस्ता विषयहरू अद्यावधिक गर्न तथा लेखापरीक्षण हुन नसकेका सार्वजनिक संस्थानको तत्काल लेखापरीक्षण गर्न पनि समितिले निर्देशन दिदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार असुलउपर गर्नुपर्ने रकम केन्द्रीय तहसिल कार्यालयमा पठाउनुपर्ने व्यवस्था भएकोमा उक्त कानूनी व्यवस्थाअनुसार असुलउपर गर्न केन्द्रीय तहसिल कार्यालयमा पठाउन र सोको जानकारी ...