Wednesday, May 20
Shadow

ब्यानर समाचार

आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत

आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा. महत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको र त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य भएको बताएका छन । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले वैदेशिक लगानी अपरिहार्यतामा जोड दिनुभएको उहाँको सचिवालय तथा लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले ‘सिटी अफ लन्डन’ को ‘म्यान्सन हाउस’मा मङ्गलबार एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । उक्त अवसरमा अर्थमन्त्री डा महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस...
नेपाली आरोही पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

नेपाली आरोही पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - नेपाली युवा पर्वतारोही प्रकाश राज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ । यही अक्टोबर ३१ तारिखमा पाण्डेले तान्जानियामा रहेको "किलिमन्जारो हिमाल"को सफल आरोहण गरेका छन। सातै महादेशका उच्च हिमशिखरहरूको आरोहण गरी सेभेन समिट पूरा गर्ने अभियानमा रहनुभएका पाण्डे अक्टोबर २५ तारिखमा तान्जानियातर्फ प्रस्थान गर्नुभएको थियो । उहाँको अभियानलाई "मकालु आउटफिट"ले आवश्यक गियर सहयोग गरेको छ । माउण्ट किलिमन्जारो अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुचुरो हो। तान्जानियाको सुषुप्त ज्वालामुखी रहेको क्षेत्रमा अवस्थित यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । उहाँले मङ्गलवार बिहान ६ः४० बजे किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको हो । पाण्डेले किलिमन्जारोको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डाका साथै, नेपाल स्काउट, रोटरी इन्टरनेशनल तथा अन्य सङ्घसंस्थाको झण्ड...
२०१३ सालमा यस्तो थियो मर्यादाक्रम

२०१३ सालमा यस्तो थियो मर्यादाक्रम

ब्यानर समाचार, ब्यानर समाचार 2
२०१३ सालमा यस्तो थियो मर्यादाक्रम :- १. श्री ५ महाराजाधिराज २. श्री ५ युवराजाधिराज ३. श्री ५ युवराजाधिराजका राजकुमारहरू ४. श्री ५ अधिराजकुमारहरू, राजपरिवारका अन्य राजकुमारहरू ५. श्री प्रधानमन्त्री ६. श्री विदेशका राजदुतहरू ७. श्री मन्त्रिमण्डलका सदस्य मन्त्रीहरू । श्री नेपालका प्रधान न्यायाधीश । श्री स्पीकर (सल्लाहकार सभाका श्री बडागुरुज्यू ८. श्री नेपालका भू. पू. प्रधान मन्त्रीहरू ९. श्री मिनिष्टर प्लेनीपेटेन्टरी एण्ड इनभ्याईज एक्सटाअर्डीनरी १०. श्री ५ बाट मनोनीत गरिबक्सेका साहेबज्यू ११. श्री नेपाली राजदूत, श्री भिजीटींग एम्बेस्टर एण्ड मिनिष्टर प्लेनीपेटेन्टरी १२. श्री चार्जद एफ्यारस् एद् पेद ११. श्री चार्जद एफ्य रस् एव इन्टरीम १४. श्री फिल्ड मार्शल १५. श्री कमान्डर इन चीफ १६.श्री पब्लिकसर्भिस कमिशनको चेयरमैन | १७. श्री प्रधान न्यायालयका जजहरू । श्री पब्लिक सर्भिश कमिशन...
संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राख्नुभएको मन्तव्यको नेपाली अनुवाद

संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राख्नुभएको मन्तव्यको नेपाली अनुवाद

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, २०८० कात्तिक १४ संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राख्नुभएको मन्तव्यको नेपाली अनुवाद महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवम् मित्रहरू आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ । र यो यात्रा पनि कुनै अपवाद होइन । विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैं रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको । अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्य र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु । महामहिमहरू, हामी आज संसारको अशान्तिको बीच...
विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय -महासचिव गुटेरेस

विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय -महासचिव गुटेरेस

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र सङ्घ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु ।” नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पु¥याउन आग्रह गर्नुभयो । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।...
विविधतामा एकता नै हाम्रो शक्ति हो – प्रधानमन्त्री दाहाल

विविधतामा एकता नै हाम्रो शक्ति हो – प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकाङ्क्षा भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले नेपालले शान्ति प्रक्रियालाई सफलता अघि बढाएको अवगत गराउँदै भन्नुभयो, “हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।” अहिले आफूहरू शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङ्ग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उहाँले आफ्नो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नु रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन...
लुम्बिनीबाट शान्ति सन्देश प्रवाह गर्दा खुसी लाग्यो  : महासचिव गुटेरेस

लुम्बिनीबाट शान्ति सन्देश प्रवाह गर्दा खुसी लाग्यो : महासचिव गुटेरेस

ब्यानर समाचार, ब्यानर समाचार 2
लुम्बिनी - नेपाल भ्रमणका क्रममा आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको छ । उहाँले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गर्नुभएको छ । आज बिहान पोखराबाट विशेष विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुग्नुभएका गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।” बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उहाँले खुसी व्यक्त गर्दै उहाँले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गर्नुभयो । उहाँले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय ...
तारकेश्वरमा सांसद राजन दाहाल हाँसोको पात्र

तारकेश्वरमा सांसद राजन दाहाल हाँसोको पात्र

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले संसदको रोष्ट्रममै उभिएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको घडी दुई करोड र प्रचण्ड पुत्री गंगा दाहालले बोक्ने ब्याग लाखौं पर्ने बताएपछि देशैभरि तरंग उत्पन्न भएको थियो । र, यसबाट माओवादी केन्द्रमा समेत नयाँ बहस प्रारम्भ भएको छ । माओवादी केन्द्रका तर्फबाट सिन्धुली क्षेत्र नम्बर दुईबाट सांसद बनेका लेखनाथ दाहाल (राजन) ले कांग्रेसका सांसद सुनील शर्माको भनाइलाई सार्वजनिक रुपमा खण्डन गर्दै प्रचण्ड पुत्री गंगा दाहालले बोकेको ब्याग २० हजारभन्दा बढी भएमा आफूले सांसद पदबाट राजीनामा दिने सार्वजनिक रुपमै उद्घोष गरेका छन् । त्यसको लगत्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अन्तर्राष्ट्रिय विभाग तथा बागमती प्रदेशका सदस्य रजमान तामाङले राजन दाहालले राजीनामा दिनुपर्ने परिस्थिति बनेको भन्दै आफ्नो फेसबुकमा प्रम पु...
बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा विसर्जन

बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा विसर्जन

ब्यानर समाचार, ब्यानर समाचार 2
-अजय मिश्र  कपिलवस्तु , कार्तिक ७ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्...

शनिबार टुँडिखेलमा फूलपाती बढाइँ , राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथि

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुनेभएको छ । बडादसैँको सातौँ दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ । समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ । बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती ...