बिरगंज – राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे विरगंज इकाई समितिकाे प्रथम अधिवेशन तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदकाे प्रथम स्थापना दिवसमा विरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्री डिल्लीराम पन्थीकाे प्रमुख आतिथ्यता, सुख्खा बन्दरगाह, सिर्सियाका प्रमुख भन्सार अधिकृत श्री डा रामप्रसाद मैनालीकाे विशिष्ट आतिथ्यता तथा राष्ट्रिय भन्सार एजेन्ट परिषदका अध्यक्ष श्री भाेलानाथ अर्यालको सभापतित्वमा श्रावण १४ गते आइतबार हाेटल मकालु, विरगंजमा सम्पन्न भएकाे छ। श्रावण १४ गते राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालकाे स्थापना दिवसकाे अवसरमा आयाेजित प्रथम अधिवेशनमा राष्ट्रिय भन्सार एजेन्ट परिषदका महासचिव श्री समीर राज विष्टले सर्वसम्मतिले निर्वाचित १७ सदस्यीय इकाई कार्य समिति र ५ सदस्यीय सल्लाहकार समिति घाेषणा गर्नुभएकाे थियाे।
उक्त अधिवेशनमा १०० जना भन्दा बढि भन्सार एजेन्ट, भन्सार एजेन्ट प्रतिनिधि, उधाेग प्रतिनिधि, निकासी तथा पैठारीकर्ताका कर्मचारी, भन्सार सम्बन्धि कार्य गर्नेहरुलाई साधारण सदस्यता प्रदान गरियाे ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रिय अध्यक्ष भोलानाथ अर्याल, उपाध्यक्ष नवीन महताे, महासचिव समिर राज बिष्ट, सचिव साेमनाथ खडाल, काेषाध्यक्ष सुदिप कार्की, केन्द्रीय सदस्य तथा विरगंज इकाई समितिका इन्चार्ज कपिल सत्याल, केन्द्रीय सदस्य विकास भण्डारी तथा TIA इकाई समितिका सचिव मनिष कुमार यादवको उपस्थितिमा विरगंज ईकाई समितिको घोषणा गरिएको छ । प्रदिप कुमार उपाध्यायलाई विराटनगर ईकाई समितिको अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ ।
सत्यम मैनालीलाई बरिष्ठ उपाध्यक्ष, अनिल पटेललाई उपाध्यक्ष, उमेश प्रसाद खतिवडालाई सचिव, सराेज पाैडेललाई सहसचिव र सुवास यादवलाई कोषाध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको छ । भाेजराज भट्टराई, ईश्वर केसी, दिपक अधिकारी, ठाकुर प्रसाद चाैधरी, प्रेम शंकर सिं, पंकज कुमार अग्रवाल, अशोककुमार अग्रवाल, निरज शर्मा, संजय जैसवाल, सागर न्याैपाने, लक्ष्मण धिमाललाई इकाई समितिमा सदस्य पदको जिम्मेवारी प्रदान गरिएको छ । बरिस्ठ सल्लाहकारको भूमिकामा माेहन प्रसाद सत्याल र अबध किशोर कुशवाह र सल्लाहकारमा शिवनारायण मेहता, चेवन भट्टराई, अंकुश चन्द रहेका छन् ।
यस अघि विरगंज भन्सार कार्यालय र सुख्खा वन्दरगाह भन्सार कार्यालयमा २५ वर्षभन्दा बढि समयदेखि काम भन्सार एजेन्टहरु, भन्सार एजेन्ट प्रतिनिधि, उधाेग प्रतिनिधि, निकासी तथा पैठारीकर्ताका कर्मचारी, भन्सार सम्बन्धि कार्य गर्नेहरुले विरगंज भन्सार एजेन्ट संघबाट सामुहिक राजिनामा दिएका छन् । जसको बोधार्थ विरगंज भन्सार एजेन्ट संघलाई गराईएको छ ।