विरगंज – विरगंज उद्योग वाणिज्य संघ र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालबीच श्रावण १५ गते साेमबार विरगंज उद्योग वाणिज्य संघकाे सभाहलमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव नरेश टिबडेवाल, सम्पूर्ण पदाधिकारी र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रीय अध्यक्ष भाेलानाथ अर्याल, केन्द्रीय सचिव साेमनाथ खडाल, केन्द्रीय सदस्य तथा विरगंज इकाई समितिका इन्चार्ज कपिल सत्याल, केन्द्रीय सदस्य विकास भन्डारी, केन्द्रीय सदस्य कुमार खरेल, विरगंज इकाई समितिका अध्यक्ष श्री प्रदिप कुमार उपाध्याय,उपाध्यक्ष अनिल पटेल, सचिव उमेश खतिवडा, काेषाध्यक्ष सुवास यादव लगायत निजी क्षेत्रका व्यापारीहरुकाे उल्लेख सहभागिता थियाे। विरगंज उद्योग बाणिज्य संघका अध्यक्षले शुभकामना मन्तव्य राख्दै भर्खरै प्रथम अधिवेशनबाट निर्वाचित राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज इकाई समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयाे। उहाँले भन्सार विभागबाट कार्यन्वयनका लागि लागू गरिएकाे मालवस्तुमा लेवल लगाउने सम्बन्धी नियम अव्यावहारिक भएकाे जानकारि गराउनू भयाे ।
भन्सार कार्यालयहरूमा मुल्यांकन, लेवल लगाउने जस्ता बिषयहरुमा स्पष्ट नीति नहुँदा व्यापारीहरुलाई समस्य परेकाे र साेकाे जानकारी भन्सार विभाग, अर्थमन्त्रालय, प्रधानमन्त्रीलाई गराई सकिएकाे तर आजसम्म कुनै सुधार नभएकाेले छिट्टै संघर्षमा जाने र त्यसका लागि राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालसँग सहयाेगकाे प्रस्ताव राख्नु भयाे भने उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका अध्यक्ष श्री भाेलानाथ अर्यालले अध्यक्ष सुनिल कुमार अग्रवालकाे प्रस्तावलाई समर्थन गर्दै विरगंज उद्योग वाणिज्य संघले गर्ने संघर्षको कार्यक्रमहरुमा एक्यवद्धता रहने बताउनु भयाे । उहाँले राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, विरगंज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राख्नु भयाे।