भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको:- मौलाना मशहूद
-अजय मिश्र
कपिलवस्तु, मंसिर ४
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना मशहूद खां नेपाली अतिथिमा दयानन्द त्रिपाठी, संदीप प्रताप मौर्य, नारायण कलवार, ध्रुव सापकोटा, मिठाई लाल चौहान, राम बहादुर थापा, मान्ती कोरी लगायत रहनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य सरिता अर्यालले राख्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले अहिलेको सरकारले जनताको पक्षमा राम्रो कामहरू गर्दै आएको, जनताको माओबादी पार्टी प्रति आस्था बढ्दै गएको बताए।
कार्...









