Thursday, May 2
Shadow

ब्यानर समाचार 2

टोलटोलमा पुगेर जनताको समस्या र गुनासो सुन्दै:  विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ

टोलटोलमा पुगेर जनताको समस्या र गुनासो सुन्दै:  विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङ

ब्यानर समाचार 2, मुख्य समाचार
- अमृत भट्टराई  पर्वत , विहादी । पर्वतको विहादी  गाउँपालिकाका अध्यक्ष परविन गुरुङ गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आइरहेका छन् । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत  विहादी गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष परविन गुरुङले भने ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर गाउँ गाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, शिक्षा, कृषि, स्वास्थ्य, खाने पानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने बताएका छन् । अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ । जनताको जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘‘पाल...
कृष्णनगरमा नाईट टी-२० क्रिकेट टूर्नामेंट शुरु

कृष्णनगरमा नाईट टी-२० क्रिकेट टूर्नामेंट शुरु

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु, चैत्र २२ कपिलवस्तुको कृष्णनगरमा नाईट टी२० क्रिकेट टूर्नामेंट शुरु भको छ। जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुको आयोजनामा कृष्णनगर नपा २ को रानीफिल्डमा नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन मंगलवार रात्रि ९:३० बजे भको छ। उद्धघाटनको दिन आजाद झण्डानगर र युवा क्रिकेट क्लब विजयनगरले १०/१०‌ओभरको मैच खेल शुरु भको आज़ाद झण्डानगरले १० ओभरमा ७८ रनको लक्ष्य दियो जवाफि व्याटिंगमा युवा क्रिकेट क्लब विजयनगरले ७८रनको लक्ष्य पुरा गर्दै ६ विकेटको साथ मैच जितेको आयोजक समितीले बताए। उद्धघाटनको प्रथम मैच युवा क्रिकेट क्लब विजयनगरले जित हासिल गरि मैन ऑफ द मैच सुनिल पाण्डेयले प्राप्त गरेको आयोजक समितिका तारिक खानले बताएका छन। जय नेपाल स्पोर्ट्स क्लब कपिलवस्तुले आयोजना गरेको नाईट टी२० क्रिकेट टूर्नामेंटको उद्धघाटन सत्रमा स्पोर्ट्स क्लबका संरक्षक मिर्ज़ा राशिद बेग, राप्रपा...
परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

परिवर्तन अभियान नेपालले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
काठमाडौ- `स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वस्थ जीवन बाँचाै´ भन्ने मुल नाराका साथ परिवर्तन अभियान नेपाल नामक सामाजिक संस्थाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविर चैत २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानाे गुहृेश्वरी मा.वि. मा हुने आयोजकले जनाएको छ । शिविरमा स्त्रीरोग सम्बन्धि परिक्षण, बाल राेग सम्बन्धि परिक्षण, मेडिसिन सम्बन्धि, हाडजोर्नी सम्बन्धि परिक्षण, सर्जरी र जनरल परिक्षण हुने छ । शिविर बिहान ९:३० बजेबाट सुरु हुनेछ । शिविरको सहकार्य एसियन मेडिकल स्टुडेन्ट यसाेसियसन नेपालले गरेकाे छ । ...
कपिलवस्तुको कर्मामा अवध मैत्री समाजद्वारा हाेलि मिलन समाराेह

कपिलवस्तुको कर्मामा अवध मैत्री समाजद्वारा हाेलि मिलन समाराेह

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कपिलवस्तु , चैत्र २० नेपाल-भारत अवध मैत्री समाजकाे आयाेजनामा हाेलि मिलन समाराेह एवं सांस्कृतिक कार्यक्रम हुने भएकाे छ। मथुरा ,वृन्दनवन, बृज, काशी , आयाेध्या लगायतकाे अवध संस्कृतिक क्षेत्रमा हाेलीकाे महत्व एवं रितिरिवाजकाे आदानप्रदानका साथै थप भव्य बनाई सांस्कृतिक बिकासमा टेवा पुर्याउने उद्देश्यले हाेली मिलन समाराेह २०८० मनाउन लागिएकाे पत्रकार सम्मेलनका माध्यमबाट आयाेजक समितिले जानकारी गराएकाे छ । नेपाल-भारत लगायत हिन्दु धर्मवालम्बी बसाेबास गरेका देशहरुमा विभित्र तरिकाले हाेली मनाउने गरेका छन । साे ही अवसरमा चैत्र २१ गतेका दिन नेपाल र भारतका सांस्कृतिक कलाकारहरुकाे बेजाेड प्रस्तुतिका साथ प्रथम हाेली मिलन समाराेह आयाेजना गरिएकाे नेपाल-भारत अवध मैत्री समाजका केन्द्रीय अध्यक्ष पुर्व राज्यमन्त्री इश्वरदयाल मिश्रले जानकारी दिनुभएको छ । कृष्णनगर नगरपालिका वडा ६ काे जनता ...
पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको छ : रेशम चौधरी

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरेका हुन् । पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । ...
चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

चीन भ्रमण सफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् । उनले चीन भ्रमण सफल भएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भ्रमणका क्रममा आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको जानकारी दिए । साथै, नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक छलफल भएको उनले जानकारी दिए । कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पुर्‍याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए । ...
कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
कपिलवस्तु : निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरूले नै टिकट दिनसक्ने व्यवस्था कांग्रेसलेगर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन्। महिनौंसम्म काठमाडौं बसेर पार्टीका शक्ति केन्द्रहरूमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरूमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए। वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरूले वितरण गर्नसक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरूको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधि निर्माणका लागि आफू केन्द्रीय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए। ...
सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

सरकारले पहिलो पटक तोक्यो चैते धानको मूल्य

आर्थिक, कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौ– सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।...
भारतमा आरजुको सफल शल्यक्रिया

भारतमा आरजुको सफल शल्यक्रिया

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाको हाइपर पाराथाइरोडिज्मको सफल शल्यक्रिया गरिएको छ । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत देउवाको बुधबार सफल शल्यक्रिया गरिएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए । देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केहि समय अस्पतालमै बसेर उपचार गराउनुपर्ने रावलले बताए ।...
गगनको संवादयात्रा पुन: सुरु

गगनको संवादयात्रा पुन: सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौं- कांग्रेस महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर पुनः संवाद यात्रा सुरु गरेका छन्। उनले बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा सुरु गरेका हुन्। महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगन्जमा पुगेर स्थगित भएको थियो। महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। आज बिहीबार पश्चिम नवलपरासीमा आयोजित संवाद यात्रामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरू नै यो सरकार लामो समय टिक्ने भन्नेमा आशावादी छैनन्।’...