लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान कृष्णानगरमा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन
अजय मिश्र, कृष्णनगर, मंसिर ९
कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
"प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं"भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल , आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी पा...









