Sunday, October 11
Shadow

ब्यानर समाचार 2

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, माघ २ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले सो आदेश दिएको हो । “ प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७९३-बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू”, आदेशमा भनिएको छ । गत पुस १७ गतेदेखि सुनुवाइ शुरु भको सो मुद्दामा वादी र सरकारका प्रतिनिधिबीच सो मुद्दा संवैधानिक इजलास वा बृहत पूर्ण इजलास कहाँ सुनुवाइ गर्ने भन्ने विवाद आजसम्म चलिआएको थियो । ‘हेर्दाहेर्दैमा’ राखिएको सो मुद्दाको आगामी सुनुवाइ यही माघ ४ गतेका लागि तोकिएको छ । आज भएको बहसका क्रममा निवेदकका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ...
किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, माघ २ । सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले दैनिकरुपमा नभइ साताको एक वा दुई दिन मात्रै सुनुवाइ गर्ने हो भने विवाद निरुपण हुने प्रक्रिया अझै तन्किन्छ । छिटो छरितोरुपमा सुनुवाइ सके पनि निर्णय आउन थप केही साता लाग्ने देखिन्छ । प्रतिनिधिसभा विघटनका सिफारिसबारे यसअघि सर्वोच्च अदालतमा परेका चारवटा निवेदन एक महिनादेखि २ महिनाभित्र टुंगो लागिसकेको अभिलेखबाट देखिन्छ । २०५१ असार २६ गते प्रतिनिधिसभा विघटन भएकामा सर्वोच्च अदालतले दुई महिनापछि भदौ २७ गते फैसला गरेको थियो । दोस्रो प्रतिनिधिसभा विघटनमा सर्व...
धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहले गर्यो नेपाल बन्दसम्मका आन्दोलन घोषणा

धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहले गर्यो नेपाल बन्दसम्मका आन्दोलन घोषणा

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, माघ १ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ । सरकारले समूहमाथि दमन गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’ प्रहरीको विशेष ब्युर...
बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ १ । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । विहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको हो । थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । बस तिब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । बसमा ५ जना सवार रहेकोमा एक जना घाइते भएका छन् । दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।...
आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

ब्यानर समाचार 2, मौसम, समाचार, समाज
काठमाडौं , माघ १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का हुसु र कुहिरो लागेको जानकारी दिएको छ । यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राति प्रदेश नं १, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ। यता, प्रदेश नं १ का एक दुई स्थानमा भने हल्का वर्षाको...
विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ

ब्यानर समाचार 2, राजनिती
  काठमाडौं, पुस २९ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् ।  
आजको मौसम :  कतै वर्षा, कतै हुस्सु, कुन ठाउँमा कस्तो ?

आजको मौसम : कतै वर्षा, कतै हुस्सु, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौं , पुस २९ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राति राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।...
कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २९ । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ। संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ। ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ। पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पन...
इन्डोनेशिया विमान दुर्घटना:  विमानको ब्ल्याक बक्स भेटियो

इन्डोनेशिया विमान दुर्घटना: विमानको ब्ल्याक बक्स भेटियो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
काठमाडौँ , पुस २८ । इन्डोनेशियाको श्रीविजय विमान दुर्घटनाग्रस्त क्षेत्रबाट विमानको ब्ल्याक बक्स फेला परेको छ ।तीन दिन अगाडी ६२ जना यात्रु बोकेको श्रीविजय विमान जावा समुन्द्रमा दुर्घटना भएको थियो । समुन्द्रमा भेटिएको ब्ल्याकबक्स भोइस रेकर्डरको बक्स हो वा फ्लाइटको जानकारी भएको ब्ल्याक बक्स हो भन्ने खुलासा भएको छैन । मंगलबार बेलुका इन्डोनेशियाको नेभीले उक्त ब्ल्याक बक्स पत्ता लगाएको हो ।इन्डोनेशियन नेभी डाइभर्सले, बोइङ्ग जेटको फयुजलेजबाट लोकेसन सिग्नल प्राप्त भएपछि आइतबार एस जे १८२ को टुक्राहरु भेटाएका थिए । एउटा उद्दार समूहले मानिसहरुको बाँकी रहेको अवशेषहरु सङ्कलन गरेको छ । श्रीविजय एयर फ्लाइट १८२, टेकअफको केहि समयमा नै श्रीलंकाको राजधानी जकार्ताको उत्तरपश्चिमको पानीमा दुर्घटनाग्रस्त भएको थियो ।...
बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ नुवाकोटको ककनी गाउँपालिका–४ निहाले डाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मोटसाइकल चालक ककनी गाउँपालिका–२ बस्ने ३४ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। तामाङ सवार ३ – ०२ – ००९ प २८५० नम्बरको मोटरसाइकललाई ना. २ ख ८९४७ नम्बरको बसले हिजो दिउँसो ठक्कर दिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...