Wednesday, September 2
Shadow

ब्यानर समाचार 2

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

पत्रपत्रिका, ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा
काठमाडौं, पुस २५ । नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन । गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो । विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम ९नयाँ वा पुरानो० टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनु परेको छ । सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो । असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थ...
काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

काठमाडौँ महानगरले काठमाडौँका मुख्य सडकमा आधुनिक बत्ती जडान गर्दै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २४ । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ ।  यही मङ्सिर २५ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच भएको सहमति अनुरुप महानगरपालिकाले बत्ति जडानको प्रक्रिया अघि बढाएको हो । उज्यालो महानगर बनाउनुका साथै उज्यालो संघीय राजधानीको चिनारी दिने तथा मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ति जडान कार्य अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए । शाक्यले महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने पनि जानकारी दिए । ‘सहमति अनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने उनले बताए ।उ...
नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

नेपालको पासपोर्ट कमजोरको सुचीमा, कुन देशको सबैभन्दा उत्कृष्ट ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपालको पासपोर्ट, सन् २०२१ मा विश्वको सबैभन्दा खराब पासपोर्टको सुचीमा १०४ औं स्थानमा परेको छ । केवल ३८ देशमा यात्रा अनुमति भएको नेपाल र लिबिया, विश्वको सबै भन्दा कमजोर पासपोर्टको सुचीमा १०४औं स्थानमा रहेका छन् । कोरोना महामारीको कारण अहिले विमानस्थलमा गएर आफ्नो इच्छा भएको र जानुपर्ने राष्ट्रमा जाने, एयरपोर्टमा वरपर हिड्ने, पासपोर्ट देखाउने र विमानमा यात्रा गर्ने सम्झना मात्र भएको छ । यसलाई ठिक हुन करिब एक दशक नै लाग्ने जस्तो देखिन्छ । विश्वका कतिपय राष्ट्रहरु अहिले पुन लकडाउनमा गएका छन् भने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । हेन्ली पासपोर्ट इन्डेक्सको अनुसार, विश्वमा सबै भन्दा धेरै यात्रा गर्न सजिलो र उत्कृष्ट पासपोर्ट जापानको रहेको छ । एशियाली मुलुकका नागरिकहरु संग यात्राको निकै शक्तिशाली कागजपत्र हुने गर्दछ । जापानलाई विश्वका कतिपय राष्ट्रहरुले निशुल्क भिसा र वि...
डेढ करोड ठगी आरोपमा युवती पक्राउ, अमेरिका पठाइदिने भन्दै झुक्याउँदै

डेढ करोड ठगी आरोपमा युवती पक्राउ, अमेरिका पठाइदिने भन्दै झुक्याउँदै

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौं, पुस २३ । दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका कि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ । पालिकासँगको समन्वयमा कोरोना (कोभिड–१९) रोकथामका सामग्री वितरण गरेर स्थानीयलाई प्रभावमा पारि डेढ करोड ठगी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी, नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय रेडक्रसको नेपाल प्रतिनिधि भएको बहानामा कोरोना रोकथामका लागि राहत बाँडेको नाममा दैलेखका १० जना युवालाई अमेरिका पठाइदिने भन्दै ८० लाखभन्दा बढी असुलेको र झण्डै त्यति नै मूल्यका सामग्री राहतको नाममा उधारोमा लिइ बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ठाउँठाउँमा युवाहरूसँग नक्कली विवाह गर्ने, अमेरिका–जापान पठाइदिने ब...
पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, ५१३२ जनाको पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, ५१३२ जनाको पिसिआर परीक्षण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष २३ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ। बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ।...
जीप दुर्घटना :  एकको मृत्यु, सात घाइते

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथम...
नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस २२ । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिनुका ८ कारण खुलासा गरेका छन् । नेकपा स्थायी समिति सदस्य समेत रहेका पोखरेलले बुधबार साँज सामाजिक सञ्जाल फेसबुकमार्फत संसद विघटन गर्नुका ८ कारण खुलासा गरेका हुन ।उनले सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्ताएको बताएका छन् । उनले सरकारबाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले संसद विघटन गर्नु परेको अर्को कारणका रुपमा लिएका छन् । उनले फेसबुकमा यस्तो लेखेका छन्- नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले, सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक...
पुनर्निर्माण प्राधिकरणका सव-इन्जिनियर डेढ लाख घुससहित पक्राउ

पुनर्निर्माण प्राधिकरणका सव-इन्जिनियर डेढ लाख घुससहित पक्राउ

ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ पुस २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव(इन्जिनियर अधिकारीलाई आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइ दिए वापत लिएको एक लाख ५० हजार रकमसहित पक्राउ गरेको जनाएको छ । गुस मागिरहेको सूचनाको आधारमा अख्तियारको पोखराको टोलिले अधिकारिलाई भानु नगरपालिका वडा नं।(२, बाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष २२ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १ सय ६० पुगेको छ। बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४ सय ९५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ।...
सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्नेछ : नेता नेपाल

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले संविधानको मूल भावनामा टेकेर संविधानको सही व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा मंगलबार राजधानीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानले प्रधानमन्त्रीलाई अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नदिएको जिकिर गरे । उनले प्रतिनिधिसभाले प्रधानमन्त्री चुन्नै सकेन भने वा कुनै प्रधानमन्त्रीलाई चयन गरेपछि विश्वासको मत लिन सकेन भने मात्रै विघटनको अधिकार स्वभावतः रहने तर कसैको इच्छाका भरमा विघटन गर्न नपाइने बताए । अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न खडा भएको जनाउँदै विगतमा झैँ अहिले पनि उपलब्धि रक्षाका लागि सबै एकजुट हुने बेला आएकामा जोड दिए । कार्यक्रमम...