Saturday, September 5
Shadow

ब्यानर समाचार 2

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौँ , फागुन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट पारे । प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग परिसरमा आज पुगेका काठमाडौं महानगरपालिका¬ २९ का स्थानीयवासी, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँगको कार्यक्रममा उनले सो धारणा राखेका हुन् । मुलुकमा भ्रष्टाचार नरोकिएकामा चिन्ता व्यक्त गर्दै उनले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु चुनौती रहेको बताउँदै आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने जनाए । भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरि...
मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रुपमा विभाजित नेकपाको मझधारमा उभिएको छ । नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रुपमा देखिएको छ । भलै अहिले पर्ख र हेरको नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ । कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ । कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको च्याँखे का रुपमा पनि अथ्र्याइएको छ । सांगठनिक रुपमा कमजोर काँग्रेसका लागि सत्ता वा संगठन निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य राम्रो बन्नेछ । अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित गरी अघि बढ्नुपर्ने सुझाव जिल्ला तहका नेताहरुको छ । अहिले क...
सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १४ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने बताउँदै उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकारविरोधी समूहलाई सहयोग पुगेको भनाइ राखे । बहुमतप्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको उनको भनाइ थियो । “हामी अदालतको फैसला मान्छौँ तर यसले मुलुकलाई निकास दिँदैन । अझ अराजक तत्वलाई बल पुग्...
बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४ । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।...
मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

मेलम्ची परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १३ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६।५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बि...
नेकपा नाम विवादः मुद्दाको सुनुवाइ सकियो, २० गते फैसला आउने

नेकपा नाम विवादः मुद्दाको सुनुवाइ सकियो, २० गते फैसला आउने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन १३ । ‘नेकपा’ को नाम विवादमा सर्वोच्च अदालतमा परेको मुद्दमा सुनुवाइ सकिएको छ । यस सम्बन्धमा अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा मुद्दा हालेका थिए । कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको हो । सुनुवाइ सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर मुद्दा हालेका छन् । सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)गठन भएको थियो । त्यसपछि ...
आजको मौसमः केही स्थानमा शनिबारसम्म वर्षाको सम्भावना

आजको मौसमः केही स्थानमा शनिबारसम्म वर्षाको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम
काठमाडौँ, फागुन १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।   यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन १३ गते (बिहीबार) दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा ...
त्रिभुवन विमानस्थल सञ्चालन अवधि घटाइयो , अब १८ घण्टा मात्र सञ्चालन हुने

त्रिभुवन विमानस्थल सञ्चालन अवधि घटाइयो , अब १८ घण्टा मात्र सञ्चालन हुने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १२ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत १५ गतेदेखि त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने जनाएको छ । विमानस्थलका महानिर्देशक प्रतापबावु तिवारीले आगामी १५ चैतबाट सञ्चालन अवधि २१ घण्टाबाट घटाएर दैनिक १८ घण्टामा झारिएको जानकारी दिए । महानिर्देशक तिवारीका अनुसार विमान उडानको संख्या कम भएका कारण सञ्चालनको समय अवधि घटाइएको हो । उडान संख्या कम हुँदा खर्च बढ्ने र एउटा उडानका लागि यात्रुहरुले रातभरी कुर्नुपर्ने समस्या भएका कारण उडान समय मिलाएर विमानस्थल सञ्चालन अवधि घटाइएको उनले बताए । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ः३० बजेसम्म सञ्चालन हुनेछ ।...
जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

ब्यानर समाचार 2, मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं , फागुन १२ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिए। हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा मात्र क्षति हुनेछ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो । एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म...
सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

सर्वोच्चको ऐतिहासिक फैसला स्वागतयोग्य : कांग्रेस

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् । ‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको उनले बताएका छन् । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् । उनले यो ऐतिहासिक कदमका लागि सर्वोच्च ...