Friday, May 17
Shadow

ब्यानर समाचार 2

पछिल्लो २४ घण्टामा देशभर १३४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १५७६६

पछिल्लो २४ घण्टामा देशभर १३४३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १५७६६

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १८ पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ। आज देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ।...
कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

कोरोनाबाट कोहलपुरका ७४ वर्षीय वृद्धको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौ, मंसिर १८ मंसीर ६ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका वृद्धको आज बिहान २ बजे मृत्यु भएको हो । बाँकेका अस्पतालहरुमा कोरोनाबाट दैनिकजसो नै मृत्यु भइरहेपनि जिल्लावासीको लामो समयपछि मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका ३९ जनाको मृत्यु भएको छ । यसैबीच, बाँकेका दुई ठूला अस्पताल भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरीमा ३४ र कोहलपुर मेडिकल कलेजमा १३ जना सिकिस्त बिरामी छन् । दुई अस्पतालमा मध्यम खालका ४८ र सामान्य ५ जना बिरामी रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा गरेर एक सय ३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।...
चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

टिप्स, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर १७ काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए । सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् । सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उनले बताए । उनले भने, ‘अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।’ सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय...
आज १३०४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६६३३

आज १३०४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १६६३३

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १६ पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ। आज देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय २९ जना संक्रमितको मृत्यु भइसकेको छ।...
गुल्मीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

दुर्घटना, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर १२ गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल गुल्मीमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो । इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् । घाइते भएकी २८ वर्षीया सरस्वती दर्लामीको उपच...
दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे

दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी पत्नी लिएर भागे

अचम्मका कुरा, ब्यानर समाचार 2, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका छन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ । ५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।...
धादिङ खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

धादिङ खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक ३ धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुपा थापाले बताइन् । सामान लिन हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको खाली ट्रकले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् ।...
हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

अन्तर्राष्ट्रिय, आर्थिक, दुर्घटना, ब्यानर समाचार 2
काठमाण्डौँ, मंसिर १ हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ । प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थियो जहाँ बर्थडे पार्टी भइरहेको थियो...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, कार्तिक २४ सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक रहेका शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोक्नुभएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्ष समेत हुन् ।...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, कार्तिक २१ प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच सदिऔँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । गएको बुधवार नेपाल आउनुभएका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गनु भएको थियो । तीन दिने नेपाल भ्रमणमा रहनुभएका नरवणे शुक्रबार नै स्वदेश फर्कनु हुनेछ ।...