Sunday, May 3
Shadow

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५०० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५०० संक्रमित थपिए

मुख्य समाचार, स्वास्थ्य
काठमाडौँ, पुष ११ पछिल्लो २४ घण्टामा नेपालमा ५ सय जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ। शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ।...
कुन फलफूल कतिखेर खाने?  यस्तो छ सही तरिका

कुन फलफूल कतिखेर खाने? यस्तो छ सही तरिका

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, पुस ९ । हाम्रो शरीरको लागि शक्तिको श्रोत भनेकै खानेकुरा नै हुन्। खानेकुरामा निहित भिटामिन तथा प्रोटिन जस्ता तत्त्वले हाम्रो शरीरको नियमित संचालनमा सहयोग पुग्छ। तर कतिपय खाना सहि समयमा खाँदा अति फाइदाजनक हुन्छ भने तिनै खाना गलत समयमा खानाले शरीरलाई घात पर्न पनि सक्छ। यस्तोमा खानेकुराको प्रकृति अनुसार खाने समयको ज्ञान हुनु अपरिहार्य छ । फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । -फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामीले तल उल्लेख गरेकाछौं । -बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ । -खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् । ...
पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६१३ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ९ पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ। बिहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ।...
काजु किन खाने? डा: ओम मुर्ति

काजु किन खाने? डा: ओम मुर्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौ , पुस ९ । ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा प्रसस्त एन्टीअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउँछ । ड्राइ फ्रुटले हृदयघात तथा अन्य रोगहरुबाट बचाउँछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी पाइने भएकाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाइदाजनक मानिन्छ । १ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ । काजु को फाईदा : काजुले मुटुलाई फाइदा गर्छ । हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । काजुमा पाइने श्भबहबलतजष्ल रसायनले आँखालाई स्वस्थ बनाइ राख्छ । तर यसमा बढी मात्रामा क्यालोरी पाइने हुनाले एक दिनमा ५ देखि १० वटा ९पिस भन्दा बढी खानु हुँदैन । यसमा क्यमष्ग को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले...
मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !

मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !

टिप्स, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ७ सही मेकअपले मात्र तपाईंको सुन्दरता बढाउँदैन, तपाईंको व्यक्तिमा निखार ल्याएर आत्मविश्वास समेत जगाउँछ । तर यसका लागि आवश्यक हुन्छ मेकअप गर्ने सही कला तरिका । एक साधारण अनुहारलाई आकर्षक तथा सुन्दर बनाउन मेकअपको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि उचित मेकअप साधन चुन्न सक्नु पनि आवश्यक हुन्छ । साथै तपाईंले आफूलाई आवश्यक परेअनुसार मेकअप कलाको विविधता जान्नु पनि जरुरी हुन्छ । फाउन्डेशन त्वचासँग म्याच गर्ने फाउन्डेशनले अनुहारलाई एक राम्रो बेस दिन्छ । कुनै पनि अवसर तथा उत्सवका लागि तयार हुनुपूर्व फाउन्डेनको सही छनौट र उसलाई लगाउने सही तरिका जान्नु जरुरी हुन्छ । जब पनि तपाईंले फाउन्डेशन खरिद गर्नुहुन्छ, त्यतिबेला ख्याल गर्नुपर्ने हुन्छ त्यो तपाईंको त्वचासँग म्याच गर्ने खालको हुनुपर्छ । तपाईंको अनुहारको रंगसँग फाउण्डेशन पनि मिल्ने खालको हुनुपर्छ । आइस्याडो ​आफ...
बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे : जनास्वथ्यवीद समिर

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे : जनास्वथ्यवीद समिर

स्वास्थ्य
काठमाण्डौँ, पुष ८ बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबारे:बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ। यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ। हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० ५ बढी देखिएको बेलायती वैज्ञानिकहरुले बताएका छन्। यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने बिषय अध्ययन गर्न बाँकी छ। म्युटेसन भएर आएको यो प्रजातिको स्पाइक प्रोटिन  जसले भाइरसलाई हाम्रा कोषभित्र पुर्याउने काम गर्छ, पहिलेको भन्दा फरक भएको जनाइएको छ। यो फरक प्रजातिमा हाल बिकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको छ। कोरोना भाइरस यसरी म्युटेसन हुँदै जाने हो भने फ्लुको जस्तै खोपलाई संसोधन गर्दै प्रत्येक बर्ष लगाइरहनु पर्ने हुनसक्छ। त्यस्तै नयाँ प्रजा...
पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ७ पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७सय ४० पुगेको छ। बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय ९ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ९५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।...
कोरोनासँगै अमेरिकामा दिमाख खाने नेग्लरिया फाउलेरी भाइरसको संक्रमण

कोरोनासँगै अमेरिकामा दिमाख खाने नेग्लरिया फाउलेरी भाइरसको संक्रमण

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, स्वास्थ्य
काठमाण्डौँ, पुष ७ अमेरिकामा कोरोना भाइरसको संकटका बीच एक नयाँ भाइरसको संक्रमणले संकट उत्पन्न गराएको छ । दिमागलाई खाने अमीवाले अमेरिकामा कैयौंको मृत्यु भइसकेको छ । दिमाग चट गर्नेवाला यो अमीवा अर्थात नेग्लरिया फाउलेरी सामान्यतया ताल, नदी, तातो झरना र माटो जस्ता तातो ताजा पानी भएको ठाउँमा पाइन्छ । यो अमीवाको वैज्ञानिक नाम नेग्लरिया फाउलेरी हो । चिकित्सकदेखि वैज्ञानिकसम्मले अहिलेसम्म यसबारे एकिन जानकारी हात पार्न सकेका छैनन् । रिपोर्टअनुसार यो घातक अमीवाले मस्तिस्क खाने गरेको छ । अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यो संक्रमण उत्तरी अमेरिकाका राज्यमा पनि फैलिन शुरु गरेको छ । अहिले यो अमीवा अमेरिकाको दक्षिणी राज्यहरुमा फैलिरहेको छ । जलवायु परिवर्तन यसको संक्रमणको मुख्य कारण बताइएको छ । वैज्ञानिकले यसबारे चेतावनी जारी गरेका छन् । नेग्लरिया फाउलेरी अमीवा पानीसँग जोडि...
पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

मुख्य समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौं, पुस ७ । जिल्ला अस्पताल त्रिशूलीमा आईसीयू सेवा सञ्चालनमा आएको छ । स्थापनाको ५६ वर्षपछि अस्पतालमा दुईवटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू र चार बेडको एचडीयू सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। दीपेन्द्र पाण्डेले जानकारी दिए । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले आईसीयू सेवाको मंगलबार उद्घाटन गरेकी छन्। योसँगै अब अस्पतालमा श्वासप्रश्वास, मुटुको समस्या भएका बिरामी, अत्यधिक ज्वरो, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, सडक दुर्घटनाका घाइते, जटिल सुत्केरीलगायतलाई रेफर गरेर काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा दैनिक साढे ३ सयभन्दा बढी बिरामी आउने गर्छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोइका) को सहयोगमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन बनेको छ । अस्पतालमा रसुवा, धादिङ र नुवाकोटका बासिन...
पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिए, ७ हजार जनाको पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा ७२२ संक्रमित थपिए, ७ हजार जनाको पिसिआर परीक्षण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष ७ पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ। आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।...