Sunday, May 19
Shadow

समाज

हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झर्‍यो, जनजीवन कष्टप्रद

हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झर्‍यो, जनजीवन कष्टप्रद

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
हुम्ला, २२ पुस । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेंसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म...
बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका

मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २२ । बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट ९बी ११७० कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो । कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ । बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिए पनि तीन जनामा मात्र एसजिन नेगेटिभ देखिएको हो ।...
निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

निर्वाचन आयोगद्वारा निर्वाचन घोषणापछि विवाद निरुपण गर्न सकिने प्रावधान राखी नियमावली संशोधन

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं , पुस २२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको विवादपछि उत्पन्न राजनीतिक अवस्थालाई हेरी निर्वाचन आयोगले निर्वाचन घोषणापछि पनि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलभित्रको विवाद निरुपण गर्न सक्ने गरी दलसम्बन्धी नियमावली संशोधन गरेको छ । यसअघि राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचनको अवधिभर दलहरुबीचको विवाद निरुपण गरिने छैन भन्ने व्यवस्था थियो । नियमावलीमा रहेको उक्त प्रावधान संशोधन नगरी नेकपाभित्रको विवाद निरुपण नहुने र निर्वाचनमा जान सक्ने अवस्था नदेखेपछि आयोगले नियमावली संशोधन गरेको हो । निर्वाचनको मिति घोषणापछि अलमलको अवस्था नहोस्, राजनीतिक स्थायित्व होस्, दलहरु चुनाव प्रचारप्रसारमा जुटून र निर्वाचनको वातावरण बनोस् भन्ने हेतुले विगतमा नियमावलीमा यो अवधिमा विवाद निरुपण नगर्ने प्रावधान राखिएको थियो । नेकपाभित्रको विवादसँगै उक्त प्रावधान हटाइएको छ ...
संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो  ?

संसद विघटनविरुद्धको रिटको सुनुवाई आज हुँदै, कहिले लाग्छ मुद्दाको टुंगो ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २२ । आजदेखि सर्वोच्च अदालतको संबैधानिक इजला मा प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमाथि सुनुवाई हुदै छ । यसअघि पुस १० गतेको अदालतको आदेशानुसार यही पुस १९ गते राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ । त्यस्तै इजलासले एमिकस क्युरी गठन गर्ने निर्णय अनुसार नेपाल बार एसोसियसनबाट ३ जना वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिसकेको छ । त्यस्तौ सर्वोच्च बारले बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । तर बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेकाले उनको ठाउमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । संबैधानिक इजलास र बृहत पूर्ण ...
आजदेखि मौसममा सुधार , प्रदुषण घट्दै, जोखिम भने कायमै

आजदेखि मौसममा सुधार , प्रदुषण घट्दै, जोखिम भने कायमै

ब्यानर समाचार, मौसम, समाचार, समाज
  काठमाण्डौ , पुस २२ । आजदेखि मौसममा सुधार भएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार भएको हो । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको आकाश अहिले धुम्म भए पनि दिउँसोपछि घाम लाग्ने मौसमविदले बताएका छन् । महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार बाँकी ठाउँमा पनि बेलुकीदेखि आकाश खुल्नेछ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदुषण घट्दै, तर जोखिम कायमै बादल हटेर आकाश केही खुलेसँगै काठमाण्डौमा प्रदुषण घट्न थालेको छ । हिजो र अस्तिको तुलनामा प्रदुषण कम भएको हो । घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने ...
प्रेमिकालाई मध्यरातमा भेट्न गएका यी युवकको भयो यस्तो दुर्दशा !

प्रेमिकालाई मध्यरातमा भेट्न गएका यी युवकको भयो यस्तो दुर्दशा !

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं , पुस २१ । एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न मध्यराती उनको घर पुगेका छन् । तर त्यहाँ जानु नै उनका लागि अभिशाप बनेको छ । युवतीका परिवारले यसको बारेमा थाहा पाएपछि उनीहरुले युवकको कपाल सबै खौरिदिएर बेइजती गरिदिए । यो घटना भारतको मुजफ्फपुरको हो । मदार गाउँकी एक युवतीसँग प्रेम गरेका उक्त युवक प्रेमीकालाई भेट्न साथीहरुसँग मध्यराती गाउँ गएका थिए । तर युवतीको परिवारले उक्त कुरा थाहा पाएपछि उनको कपाल खौरिएर बेइज्जती गरिदिएका हुन् । साथै उक्त युवकलाई पिटेका पनि छन् । उनको कपाल भने आधा मात्रै खौरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । एजेन्सीको सहयोगमा...
विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापन सम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका हुन् । सिंहदरबारमा आज आयोजित बोर्डको चौथो पूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका लागि ढिलाइ गर्न सचेत गराए । “विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरोकारवालासँग थप सुझाव लिन ढिलाइ गर्नुहुन्न”, मन्त्री गुरुङले भने, “त्यसैले विज्ञसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔँ ।” मन्त्री गुरुङले पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन आग्रह गरे । बोर्ड बैठकले विज्ञापन सम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ...
अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग

अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २१ । नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्गठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग आज सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधान अनुसार सङ्घीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो । टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्व पीडित शिक्षकहरुको पुनः बहाली गर्न लगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । उनले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताए ।...
नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन !

नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन !

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन भएको छ । तारेकेश्वर भेटफर्माको आयोजनामा तथा बुधसीङ्गघाट कृषि सहकारीको संयोजनमा १ दिने बाख्रा प्रशिक्षण तथा परामर्श तालिम सम्पन भएको हो । कार्यक्रममा बाख्रा सम्बन्धि नश्वल, बिउ, बस्ने खोर सुधार, कुन के कसरी बनाउने, रोगहरुको जानकारी रोकाथाम, घाँस व्यवस्थापन, बिमा किन कसरी सुरक्षित रहने, कृत्रीम गर्भाधारणको महत्व लगाएका बारेमा जानकारी गराएको थियो । साथै मासु र पाठा पाठी सुधार गरि आयमुलक गरि आर्थिक टेवामा बाख्राले सयोग गर्ने सहकारीका अध्यक्ष हरि प्रसाद वस्तिले बताए । कार्यक्रममा भेटफर्माका दीपक अधिकारि तथा चतुरमान तामाङ्गले सहजीकरण गर्नुभएको त्यहाँबाट दीपक ठकुरीले जानकारी दिनु भएको छ ।...
उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषणः सतर्कता अपनाउन र घर बाहिर ननिस्कन सरकारको आग्रह

उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषणः सतर्कता अपनाउन र घर बाहिर ननिस्कन सरकारको आग्रह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण देखिएको छ । योसँगै सकेसम्म घर बाहिर ननिस्कन नागरिकलाई सरकारले आग्रह गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर अत्यधिक बढेको जनाएको हो । मंगलवार काठमाडौं उपत्यकाको वायुमा प्रदुषणको मात्रा विश्वका ५० सहरमध्ये सबैभन्दा धेरै मापन गरिएको छ । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अद्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स ४०२ छ । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ । मौसम परिवर्तनका कारण काठमाडौंमा वायु प्रदुषण बढेको वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले बताउनुभयो । वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले बालबालिका, वृद्धवृद्धा, दीर्घ र...