Friday, April 26
Shadow

उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषणः सतर्कता अपनाउन र घर बाहिर ननिस्कन सरकारको आग्रह


  • -इ
  • इ+

काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण देखिएको छ । योसँगै सकेसम्म घर बाहिर ननिस्कन नागरिकलाई सरकारले आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर अत्यधिक बढेको जनाएको हो । मंगलवार काठमाडौं उपत्यकाको वायुमा प्रदुषणको मात्रा विश्वका ५० सहरमध्ये सबैभन्दा धेरै मापन गरिएको छ ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अद्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स ४०२ छ । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।

मौसम परिवर्तनका कारण काठमाडौंमा वायु प्रदुषण बढेको वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले बताउनुभयो । वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

वायु प्रदूषण बढेसगै मानिसहरुले घाँटी , आँखा, नाकमा समस्या देखिएको गुनासो गरेका छन् । फोक्सोको र मुटु रोगीहरुलाई यसले अझ बढी जोखिम बढाउने हुँदा सतर्कता अपनाउन र घर बाहिर निस्कनै परे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । काठमाडौंपछि नेपालगन्ज र विराटनगरमा पनि वायु प्रदुषण बढेकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares