Friday, March 29
Shadow

अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग


  • -इ
  • इ+

 

काठमाडौँ , पुस २१ । नेपाल शिक्षक महासङ्घसहित विभिन्न शिक्षक सङ्गठनले प्रतिनिधिसभामा विघटन भएको स्थितिमा अध्यादेशबाट सङ्घीय शिक्षा ऐन ल्याउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग आज सिंहदरबारमा शिक्षक नेताहरुको प्रतिनिधि मण्डलले भेटी नयाँ संविधान अनुसार सङ्घीय ऐन ल्याउन ढिला भएकाले अध्यादेश ल्याउन माग गरेको हो ।

टोलीले बालविकास केन्द्रका सहजकर्ताहरुको सुविधा बढाउन, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न, द्वन्द्व पीडित शिक्षकहरुको पुनः बहाली गर्न लगायत विषयमा पनि मन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको र मागप्रति नवनियुक्त मन्त्री श्रेष्ठ सकारात्मक रहेको महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । उनले शिक्षाका व्यापारी र दलालीकर्ताहरुसँग सतर्क रहेर काम गर्न पनि आफूहरुले सुझाव दिएको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares