Monday, August 3
Shadow

समाज

पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागनु २२ । मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी तथा हिमाली भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।...
प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा वर्षा

प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा वर्षा

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागुन २१ । प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकालगायत देशका पहाडी भू–भागमा सामान्य वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले पोखराको आकाशमा उत्पन्न भएको न्यून चापिय प्रणालीका कारण वर्षा भएको हो । मार्च महिनादेखि नेपालमा प्रि–मनसुन सुरू भएकाले शुक्रबार साँझ भएको वर्षा त्यसैको प्रभाव रहेको मौसमविद प्रतिमा मानन्धरले जानकारी दिइन् । आज राती देशको पहाडी तथा हिमाली भू(भागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी तथा हिमाली भू(भागहरुको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।...
सञ्चारमन्त्री गुरुङ भन्छन् -यही सरकारले जनताका अधुरो सपना पूरा गर्छ

सञ्चारमन्त्री गुरुङ भन्छन् -यही सरकारले जनताका अधुरो सपना पूरा गर्छ

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताएका छन् । आज दोलखाली दिदीबहिनी समूहले आयोजना गरेको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले यही सरकार नै देशको आर्थिक उन्नति र विकास गर्न सक्षम भएको स्पष्ट पारे । सरकारका प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सकारात्मक रहेको भन्दै देशमा अब शान्ति कायम भएको बताए । सो संस्थाका अध्यक्ष कलावती श्रेष्ठले विश्वभरी फैलिएको कोरोना महामारीको समयमा आफ्नो संस्थाले १३३ परिवारलाई खाद्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोगी कामलाई निरन्तरता दिने बताए । १४ वर्षअघि स्थापना भएको सो संस्थाले विभिन्न कारण पीडामा परेकालाई सहयोग र साथ दिँदै आएको छ । हालसम्म संस्थाले एक सयभन्दा...
नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने, यस कारण हुने  भयो

नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने, यस कारण हुने भयो

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, फागुन २१ । नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।...
कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाइने

कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाइने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन २१ । कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार काठमाडौँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो मात्राको खोप लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म खोप लगाउने तयारी गरिएको जानकारी दिए । माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने छ । पहिलो चरणको खोप अभियान माघ...
विप्लवले साहसिक निर्णय गरेसँगै अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो :  प्रधानमन्त्री ओली

विप्लवले साहसिक निर्णय गरेसँगै अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले साहसिक काम गरेको बताएका छन् । सरकार र विप्लव समुहबीच भएको तीन बुँदे सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताले शान्ति चाहेको बताउदै देशलाई समृद् बनाउन शान्तिपूर्ण वातावरण चाहिने बताए । प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रदेश गरेको बताउदै नेपालमा हिंसात्मक द्वन्द नरहेको बताए । विप्लवले यसै साहसिक कदमबाट जनताको मन जितेको बताउदै प्रधानमन्त्री ओलीले सेफ ल्याण्डीङ गरेको बताए । प्रधानमन्त्री ओलीले यो फोर्स ल्याण्डीङ, क्रयास ल्याण्डीङ नभएर सेभ ल्याण्डीङ गरेको टिप्पणी गरे ।...
मुस्कान खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’

मुस्कान खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २१ । मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड (आईडब्लूओसी)’ प्रदान गरिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यका लागि उनले गरेको कामको प्रशंसा गर्दै यो अवार्ड प्रदान गर्न लागेको जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २४ फागुनमा यो अवार्ड प्रदान गरिने भएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले भर्चुअल कार्यक्रमको आयोजना गरि यो अवार्ड प्रदान गर्ने अमेरिकी दूताबासले जनाएको छ । यो अवार्ड प्रायः ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गरिँदै आएको छ । यस अघि यो अवार्ड पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि मलाला युसुफजईलाई प्रदान गरिएको थ...
२३ लाख सहित अवैध क्यासिनोबाट १० जना पक्राउ

२३ लाख सहित अवैध क्यासिनोबाट १० जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन २१ । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २३ लाख रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरक...
आजको मौसम: देशभर कहाँ कस्तो रहला ?

आजको मौसम: देशभर कहाँ कस्तो रहला ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ , फागुन २१ । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने भएको छ। पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा राति पनि वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।...
तपाईको आजको दिन कस्तो रहला  ?

तपाईको आजको दिन कस्तो रहला ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचेअनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक...