Wednesday, April 24
Shadow

प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा वर्षा


  • -इ
  • इ+

काठमाडौँ, फागुन २१ । प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकालगायत देशका पहाडी भू–भागमा सामान्य वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले पोखराको आकाशमा उत्पन्न भएको न्यून चापिय प्रणालीका कारण वर्षा भएको हो ।

मार्च महिनादेखि नेपालमा प्रि–मनसुन सुरू भएकाले शुक्रबार साँझ भएको वर्षा त्यसैको प्रभाव रहेको मौसमविद प्रतिमा मानन्धरले जानकारी दिइन् ।

आज राती देशको पहाडी तथा हिमाली भू(भागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशका केही पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी तथा हिमाली भू(भागहरुको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares