Friday, April 26
Shadow

समाज

ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं- मातृभाषा शिक्षा लागु गर्न तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेवा मुक्ति मोर्चा नेपाल, ककनी गाउँ समितिले संयुक्त रुपमा नुवाकोटको ककनी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संविधानत व्यवस्था भए अनुसार मातृभाषा शिक्षा लागु गर्ने सांस्कृतिक सम्पदाको संरक्षण गर्ने एवम् प्रथा जन्य कानुन सम्बन्धि नीति निर्माण गर्न यहि चालु आर्थिक वर्ष देखि नै लागु गर्ने गरी पहल गर्न अनुरोध गर्दै मोर्चाले गाउँपालिकाका अध्यक्ष सुमन तामाङलाई ज्ञापन पत्र बुझाएको छ । ...
खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

खुमन अधिकारी र शान्ती श्री परियारको तीज गीत ‘गौरी’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं,२९ असार । हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गौरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘गौरी’ गीतको कोरस आवाजमा  राजन बस्नेत,घनश्यामक्षेत्री,रुपी सिङ्जाली र प्रेमा रानाले साथ दिएका छन् । प्रसाद लामिछानेको शब्द रहेको गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको गीतलाई मिक्सिङ्ग कुमार रानाले गरेका छन् ।  भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गितको अडियो निर्माण मारुनी रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । गीतलाई शिव दर्शन फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’को कोरियोग्राफर एवम् निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी, अन्ज...
काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

काभ्रेपलाञ्चोकबाट सुरु भएको राष्ट्रिय कोटिहोम रथयात्रा नुवाकोटमा

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज
नुवाकोट,२९ असार। काभ्रेपलाञ्चोकबाट सुरु गरिएको राष्ट्रिय कोटिहोम रथयात्रा हिजो साँझ बिहिबार नुवाकोट आईपुगेको छ । प्रत्यक्ष प्रसारणसहित नुवाकोटका प्रमुख स्थानमा रथयात्रा गरिएको हो। नुवाकोटको विदुर नगरपालिकाको सदरमुकाम विदुर, त्रिशुली, कोलेनी, बट्टार, जालापदेवी मन्दिर देवीघाटलगायत स्थानमा रथयात्रा परिक्रमा गरिएको थियो । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ । ॐकारका संस्थापक अरुण पाण्डेका अनुसार राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका वडा नं ११ बल्थलीमा कोटिहोम आयोजना गर्ने उदेश्यले रथयात्रा हुन लागेको हो । रथलाई काभ्रेपलाञ्चोक जिल्लाका सबै मुख...
खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं, असार २३। हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियार ,सुनिता बुढाको आवाजमा रहेको ‘माइतीघरले’ बोलको तीज गीत सार्वजनिक भएको छ । गुड लक नेपालको प्रस्तुतिमा सबिता पौडेल ( ढुंगाना )को पारिवारिक तिज गित सार्वजनिक भएको हो । गीतलाई गूड लक्क नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चर्चित लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी,अभिषेक खड्का, सिरु बिष्ट, लक्ष्मी बर्देवा, निक्स शर्मा, निहारिका थापा, यादव पौडेल, भूमिका गिरि, सबिता ढुंगाना र दिब्य न्यौपानेको अभिनय रहेको छ । दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । भिडियोमा नविन घर्ती मगरको ...
असार १४ देशभर सार्वजनिक बिदा

असार १४ देशभर सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं,असार १३ । सरकारले भोलि बिहीबार(असार १४ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले (हिजो) मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर इदको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएकाको हो । ‘नेपाल राजपत्रमा मिति २०७९-१२-०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ । ...
गजलकार संग्रामीको: झुठको खेती लूटको बजार,हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो…

गजलकार संग्रामीको: झुठको खेती लूटको बजार,हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो…

समाज, साहित्य/कला
काठमाडौं । गजल प्रतिक सङ्ग्रामी (पहिचान गुमाएको मान्छे) गजलकार/ गीतकार · झुठको खेती लूटको बजार,छिमेकीको हो! हाम्रो होइन हाम्रो सरकार,छिमेकीको हो! न्यायालयपनि ठ्याक्कै,उसकै भाषा बोल्छ। यो देश हाम्रो होकी खै यार,छिमेकीको हो! देशद्रोही,देशका दुश्मन,सबै देशकै भएपनि, सबको बोली सबको विचार,छिमेकीको हो! पहिलो प्रहार गर्ने आफ्नै,घरका मान्छे हुन। थाहा छ मलाई दोस्रो प्रहार,छिमेकीको हो! उसकै जुठो खान्छ आमा,ऊ जस्तै देखिन्छ। कि तिम्रो सन्तान सिमा पार,छिमेकीको हो! तपाईको ऐनामा देखिएको,म होइन साहेब! कालो चरीत्र कालो अनुहार,छिमेकीको हो!! जो हाम्रो खून चुसेर,मोटाइराछ बालेन दाई। उसको मुख उसको मलद्वार,छिमेकीको हो! ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाज
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
लक्ष्मीपुर एकीकृत कृषक समूहले २३ औं वार्षिक साधारणसभा सम्पन्न गर्‍यो

लक्ष्मीपुर एकीकृत कृषक समूहले २३ औं वार्षिक साधारणसभा सम्पन्न गर्‍यो

समाचार, समाज
लक्ष्मीपुर एकीकृत कृषक समूहले आफ्नाे २३ औं वार्षिक साधारणसभा पुस १६ गते त्रिभुवन पार्क थानकाेटमा भव्य रुपमा सम्पन्न भएकाे छ । साधारणसभाले कार्य समितिले प्रस्तुत गरेकाे आगामी वर्षकाे नीति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित गरेकाे छ । कुल काराेबार रकम २ कराेड ४६ लाख रहेकाे उक्त समुहले आफ्ना सदस्लाई छत्तिस महिने भाकमा ८% व्याजदरमा ऋण दिने नीति तय गरेकाे छ । आकस्मिक समस्या पर्दा तत्काल एक लाखकाे ऋण सुविधा समेत समुहले उपलब्ध गराउने छ । समुहले सदस्यहरुलाई बचत बढाउन प्राेत्साहन गर्न विशेष अभियान सञ्चालन गर्ने जनाएकाे छ । यसै विच साधारणसभाले आगामी तीन वर्षका लागि श्रीराम अधिकारीकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेकाे छ । (७ महिला आमन्त्रित सहित) । साथै पुस्कर अधिकारीकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेकाे छ । यसै गरि राेशन अधिकारीकाे अध्यक्षतामा बालकल्वकाे कार्य समिति समे...
सरकारमा सहभागिताबारे छलफल गर्न  बैठक बस्दै  :  राप्रपा

सरकारमा सहभागिताबारे छलफल गर्न बैठक बस्दै : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाज
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ। यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।...
बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना

बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाज
काठमाडौँ - बागमती नदी सभ्यता संरक्षणका कार्यमा थुप्रै दशक बिताई ९४ वर्षको उमेरमा ९ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता स्व. हुतराम बैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन खोलिएको छ । उहाँकी स्व. धर्मपत्नीसमेतको नाउँ जोडेर बैद्य दम्पतीकी सुपुत्री श्रीमती मीना बैद्य पाण्डेले विशेष पहल गरी आमा–बुबाको सम्झना तथा सम्मानस्वरूप ‘शारदा–हुतराम बैद्य फाउन्डेसन’ स्थापना गर्नुभएको हो । काठमाडौँको त्रिपुरेश्वरमा पुस ९ गते शनिवार आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले उक्त फाउन्डेसनको विधिवत शुभारम्भ गर्नुभएको थियो । स्व. हुतराम बैद्य नेपालको पहिलो कृषि इन्जिनियर पनि हुनुहुन्थ्यो । दिगो कृषि विकास, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा कुरामा उहाँले जीवनभर केही न केही काम गरिरहनुभएको थियो । साथै बागमती नदी र काठमाडौँको सभ्यता संरक्षण...