Tuesday, May 21
Shadow

समाचार

गोरखाका निरोज भट्टलाई सार्वेत्कृष्ट शब्दमा अवार्ड 

गोरखाका निरोज भट्टलाई सार्वेत्कृष्ट शब्दमा अवार्ड 

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य/कला
महेन्द्र अधिकारी काठमाडौं,असार २६ । गत शनिबार राजधानीमा आयोजित दोस्रो काव्य म्यूजिक अवार्ड सम्पन्न भएको छ। अवार्ड कार्यक्रम काठमाडौंको चाबहिल स्थित चलचित्र बिकास बोर्डको हलमा भएको थियो। कार्यक्रममा चर्चित लोक सञ्चाकर्मी, बिभिन्न स्रस्टा तथा कलाकारको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाली लोक कला संस्कृतिको सँरक्षण तथा सँबर्द्वन गर्ने कलाकार,सञ्चारकर्मीलाई सम्मान गर्ने तथा उत्कृष्टलाई सम्मान गरि अवार्ड बितरण गरिएको थियो। कार्यक्रममा गोरखाका निरोज भट्टले सार्वेत्कृष्ट शब्दमा अवार्ड हात पारेका छन्। गितकार भट्टका दर्जनौ गीत साँगीतिक बजारमा छन्।  जस अन्तर्गत केहि आफ्नो जन्मभूमी माटोसँग समर्पित पनि सृजना रहेका छन्। भर्खरै प्राप्त अवार्ड  भने भट्टले ‘तप्प आँशु खस्यो’ बोलको गीतबाट लिएका छन् । भट्ट केहि र्वषदेखि निरन्तर नेपाली गीत सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यव...
खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

खुमन अधिकारी ,शान्ती श्री परियार र सुनिता बुढाको तीज गीत ‘माइती घरले’ सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज, साहित्य/कला
महेन्द्र अधिकारी  काठमाडौं, असार २३। हिन्दू नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियार ,सुनिता बुढाको आवाजमा रहेको ‘माइतीघरले’ बोलको तीज गीत सार्वजनिक भएको छ । गुड लक नेपालको प्रस्तुतिमा सबिता पौडेल ( ढुंगाना )को पारिवारिक तिज गित सार्वजनिक भएको हो । गीतलाई गूड लक्क नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चर्चित लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी,अभिषेक खड्का, सिरु बिष्ट, लक्ष्मी बर्देवा, निक्स शर्मा, निहारिका थापा, यादव पौडेल, भूमिका गिरि, सबिता ढुंगाना र दिब्य न्यौपानेको अभिनय रहेको छ । दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । भिडियोमा नविन घर्ती मगरको ...
एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने (सूचनासहित)

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने (सूचनासहित)

ब्यानर समाचार, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने जनाएको छ । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा दिने पाउने बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ। ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्नेछ। गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा गत बिहीबार प्रकाशित भएको थियो ।...
आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २३ । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर ९ईएफटी०को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो । दोस्रो त्रैमासको अन्तिम शनिबार पनि भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु आज शनिबार पनि खुला रहने भएका छन् । राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।  ...
यस्तो छ आज शनिबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज शनिबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार २३ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले आज असार २३ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ, यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
काठमाडौं । आज २३ असार शनिवार, ०८ जुलाई २०२३ । साउन कृष्ण षष्ठी आज सूर्योदय बिहान ५ : १४ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग पनि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पाद...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार २२ । शुक्रवार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा प्रतितोला १०० सय र चाँदीको मूल्य २० रूपैयाँले घटेको छ । शुक्रवार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,चाँदीको मूल्य १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
जनक लामा र शान्ति तामाङको “स्वर्गकी परी” सार्वजनिक (भिडियो सहित)

जनक लामा र शान्ति तामाङको “स्वर्गकी परी” सार्वजनिक (भिडियो सहित)

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौं ,असार २२ । “स्वर्गकी परी” बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको सुमधुर स्वरमा बजारमा आएको यस गितमा अशोक कुमार सापकोटाको शब्द छ भने लय एरेन्ज बिष्णु तामाङ्को रहेको छ । प्रत्यक्ष दोहोरी गायिका शान्ति तामाङको पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन दुर्गेश राना मगर मा गरिएको हो । निरेन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा सुबास गौतमको सह–निर्देशन रहेको छ । भिडियोमा गायिका अर्चना स्याङ्तान,तेज्मान तामाङ,ईन्द्र तामाङ र स्वतिका ओझाले अभिनय गरेका छन् । राम के.सीको छायांकन रहेको म्यूजिक भिडियोमा राज कुमार मगरको दृश्य सम्पादन रहेको छ । “स्वर्गकी परी” गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हे...
कोशी प्रदेशका मुख्यमन्त्रीले थापाले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्रीले थापाले लिए शपथ

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
असार २२ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । आज एक विशेष समारोहकाबीच नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् । समारोहमा मुख्यमन्त्री थापाले नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु र कांग्रेसबाट प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरुको कार्यविभाजन भने पछि हुने जनाएको छ ।  ...
जिपको ठक्करबाट कञ्चनपुरमा चालकको मृत्यु

जिपको ठक्करबाट कञ्चनपुरमा चालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
कञ्चनपुर, असार २० । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा साउदको मृत्यु भएको हो । आन बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो ।  ...